500 करोड़भन्दा अधिक लागतको कामाख्या कोरिडोर परियोजनाको निर्माण कार्य शुरू
500 करोड़भन्दा अधिक लागतको कामाख्या कोरिडोर परियोजनाको निर्माण कार्य शुरू


गुवाहाटी, 18 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शनिवार भने, माँ कामाख्याको आशीर्वादले 500 करोड़ रुपियाँभन्दा अधिक लागतको महत्वाकाङ्क्षी कामाख्या कोरिडोर परियोजनाको निर्माण कार्य शुरू भएको छ।

मुख्यमन्त्रीले सोशल मीडिया मञ्च एक्समा आज एउटा पोस्ट शेयर गर्दै भने, काशी विश्वनाथ कोरिडोरको सफलताबाट प्रेरित यो परियोजनाले शक्तिपीठ माँ कामाख्यामा आउने श्रद्धालु अनि पर्यटकहरूलाई अधिक सहज, सुव्यवस्थित तथा विश्वस्तरीय सुविधा उपलब्ध गराउनेछ।

उनले भने, यस परियोजनाबाट श्रद्धालुहरूको दर्शनको अनुभव मात्र राम्रो नभएर असमको आध्यात्मिक पर्यटनले पनि नयाँ गति पाउनेछ तथा राज्य धार्मिक पर्यटनको मुख्य केन्द्रको रूपमा अझ बढ़ी सशक्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande