राष्ट्रियस्तरीय भानु जयन्ती समारोहमा रामायण पाठ प्रतियोगिताका विजेता विद्यार्थीलाई नगद पुरस्कार प्रदान
नगर पुरस्कार ग्रहण गरेपछि प्रसन्न मुद्रामा विद्यार्थीहरू।


मङ्गन, 18 जुलाई (हि.स.)। सोरेङमा आयोजित राष्ट्रियस्तरीय भानु जयन्ती समारोह २०२६ अन्तर्गत सम्पन्न रामायण पाठ प्रतियोगितामा लाचेन-मङ्गन निर्वाचन क्षेत्र तथा समग्र मङ्गन जिल्लाको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेका १० जना विद्यार्थीलाई उनीहरूको मेहनत र समर्पणको कदरस्वरूप 16 जुलाईमा मङ्गन जिल्ला मुख्यालयमा पुरस्कार प्रदान गरिएको छ।

शिक्षा विभाग मङ्गन जिल्लाका अनुसार, सिक्किमका मुख्यमन्त्रीबाट प्राप्त रु. १ लाख नगद पुरस्कार १० जना विद्यार्थीलाई समान रूपमा बाँडियो। प्रत्येक विद्यार्थीलाई रु. १०,००० का दरले पुरस्कार प्रदान गरिएको हो। पुरस्कार वितरण कार्यक्रम विद्यार्थीका अभिभावकहरूको उपस्थितिमा जिल्लापालको कार्यालयमा सम्पन्न भयो।

विद्यार्थीहरूलाई जिल्लापाल अनन्त जैनले अतिरिक्त जिल्लापाल पेमा वाङ्छेन नामकार्पा, मङ्गन बीडीओ कैलाश थापा, शिक्षा विभाग मङ्गनकी संयोजक प्रमिला देवकोटा तथा शिक्षकहरूको उपस्थितिमा नगद पुरस्कार हस्तान्तरण गरियो।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande