
इम्फाल, 18 जुलाई (हि.स.)। मणिपुर पुलिस औ सुरक्षा बलहरूले शुक्रवार राज्यका विभिन्न भागहरूमा सञ्चालित अभियानमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)- का एक घोषित अपराधी, दुई जना कथित मादक पदार्थ तस्कर, एकजना गाँजा तस्कर तथा प्रतिबन्धित उग्रवादी सङ्गठन सोरेपाका एकजना सक्रिय सदस्यलाई पक्राउ गरे।
पुलिसले एनसीबीको दिल्ली जोनल एकाईका अतिरिक्त निदेशकको अनुरोधमा थौबल जिल्लाको मोइजिङ्ग वाङ्गमताबा चिङ्ग्या लेइकाई निवासी मोहम्मद आमिर खान उपनाम रहमानलाई पक्राउ गऱ्यो जो एनडीपीएस अधिनियम अन्तर्गत दर्ता एक एनसीबी मामिलामा घोषित अपराधी थिए।
यसरी नै अर्को अभियानमा पुलिसले थौबल जिल्लाको लिलोङ्ग लेइहाओखोङ्ग लेइनुङ्ग होटल मानिङ्ग निवासी मो. जाकिर हुसैन (44) उपनाम टोम्बालाई उसको घरबाटै पक्राउ गऱ्यो जसको कब्जाबाट कोडिन युक्त कफ सिरप, पी-निएट्रा-10 (सम्भावित एन-10) ट्याबलेट तथा ट्रोस्पास प्लस क्याप्सूल जफत गरियो।
जिरीबाम जिल्लाको लामखाई बजार क्षेत्रबाट कोङ्जेङ्गबाम कुल्ला सिंह (47)-लाई पक्राउ गरियो भने उसको कब्जाबाट लगभग 56.8 किलोग्राम गाँजा जफत गरियो।
सोही क्रममा सुरक्षा बलहरूले थौबल जिल्लाको थौबल हाओखा क्षेत्रबाट प्रतिबन्धित उग्रवादी सङ्गठन सोरेपाका सक्रिय सदस्य युमनाम नरेश सिंह उपनाम काकपा (26)-लाई पक्राउ गरे।
पुलिसले बतायो, सबै मामिलामा अग्रिम कानूनी कारबाही तथा जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा