
कोलकाता, 18 जुलाई (हि.स.)। उत्तर 24 परगनाको राजारहाटस्थित दक्षिण नारायणपुरमा भएको विस्फोट मामिलामा जाँचको घेरा लगातार बढ़्दै गइरहेको छ। शनिवार घटनास्थलमा पुगेको राज्य सीआईडी, राज्य पुलिसको विशेष कार्यबल (एसटीएफ) तथा बम निरोधक दलले सम्पूर्ण क्षेत्रलाई घेराबन्दी गरेर खोजी अभियान सञ्चालन गरे।
पुलिस सूत्र अनुसार, सम्बन्धित घरबाट केही विस्फोटक सामग्री तथा बम जफत गरिएको छ जसको जाँच भइरहेको छ। घटना हुँदाको सीसीटीभी फुटेजको पनि जाँच गरिनका साथै मामिलामा सामेल मानिसहरूलाई चिन्हित गर्ने प्रयास गरिँदैछ।
पुलिस उपायुक्त ज्योतिर्मय रायले बताए, दुई वटा बम जफत गरिएको छ। यी बमहरू सक्रिय थिए वा निष्क्रिय, जाँंच गरिँदैछ।
उल्लेखनीय छ, गए शुक्रवार राति दक्षिण नारायणपुरको सुपारी बगान क्षेत्रस्थित एउटा घरमा तीव्र विस्फोट भएको थियो। विस्फोटले गर्दा घरको एक भाग क्षतिग्रस्त भएको छ भने क्षेत्रका मानिसहरू भयभित भएका छन्।
स्थानीय सूत्र अनुसार, विस्फोट भएको घरलाई केही दिनअघि मात्र दुई जना युवकहरूले भाड़ामा लिएका थिए। घरमा बस्ने निवासी साहिदा बेगमले बताइन्, गए शुक्रवार राती दुई नाबालिकहरू एउटा ब्याग बोकेर आए अनि त्यसलाई कोठामा राखेर गए। त्यसको केही क्षणपछि विस्फोट भयो।
घटनापछि पुलिस घटनास्थलमा पुग्यो, तर अहिलेसम्म यस सम्बन्धमा कसैलाई पनि पक्राउ गरिएको छैन। शनिवार बिहान सीआईडी, एसटीएफ औ बम निरोधक दलले घरमा व्यापक खानतलासी गरे जसमा केही विस्फोटक पनि भेटिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा