श्रीरामपुरमा तृणमूल पार्षदहरूको राजीनामाको माग गर्दै घर बाहिर भाजपाको प्रदर्शन
श्रीरामपुरमा तृणमूल पार्षदहरूको राजीनामाको माग गर्दै घर बाहिर भाजपाको प्रदर्शन


हुगली, 18 जुलाई (हि.स.)। हुगली जिल्लाको श्रीरामपुर नगरपालिका क्षेत्रमा शनिवार भारतीय जनता पार्टी (भाजपा)- का कार्यकर्ताहरूले स्थानीय मानिसहरूसित मिलेर तृणमूल कङ्ग्रेसका पार्षदहरूको घर बाहिर विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले सम्बन्धित पार्षदहरूलाई साँझ पाँच बजीसम्ममा राजीनामा दिने माग गर्दै चेताउनी दिए, यदि निर्धारित समयसम्ममा राजीनामा दिएन भने उनीहरूको घर बाहिर धरनामा बस्नेछन्।

प्राप्त जानकारी अनुसार, भाजपा कार्यकर्ताहरूले श्रीरामपुर नगरपालिकाको वार्ड नम्बर 15- की पार्षद झुमा शील, वार्ड नम्बर 17- का पार्षद मिलन मुखर्जी, वार्ड नम्बर 10- की पार्षद बेबी घोष तथा वार्ड नम्बर 22- की पार्षद तियाशा मुखर्जीको आवास बाहिर प्रदर्शन गरे। प्रदर्शन अवधि पार्षदहरूको विरोधमा नाराबाजी गर्दै उनीहरूलाई तत्काल राजीनामा दिने माग गरियो।

भाजपा नेताहरूले आरोप लगाए, नगरपालिकामा व्याप्त विभिन्न अनियमितता औ हालका घटनाक्रमलाई मध्यनजर गर्दै पार्षदहरूले नैतिक आधारमा पदबाट राजीनामा दिनुपर्छ।

उल्लेखनीयछ, 29 वटा वार्ड भएको श्रीरामपुर नगरपालिकामा नयाँ सरकार सत्तामा आएपछि चेयरम्यान र भाइस चेयरम्यान सहित अहिलेसम्ममा नौ जना तृणमूल पार्षदले राजीनामा दिसकेका छन्। यस स्थितिमा अन्य पार्षदहरूमाथि पनि राजीनामाको दबाव बढ़्दै गइरहेको स्पष्ट देखिन्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande