
कोलकाता, 18 जुलाई (हि.स.)। असारपछि सावन महिना शुरू हुनसाथ पश्चिम बङ्गालमा मनसुन सक्रिय भएको छ। शनिवार बिहानदेखिकै कोलकाताको बादल आकाशले ढाक्नको साथै रोकिँदै पानी पनि परिरहेको छ। बीच-बीचमा घाम पनि देखिँदैछ।
अलिपुर मौसम विभाग अनुसार, दक्षिण बङ्गालका सबै जिल्लाहरूमा छुटपुट वर्षाको सिलसिला जारी रहनेछ। यद्यपि कोलकातालाई लिएर आगामी सोमवारसम्मको लागि कुनै पनि चेताउनी जारी गरिएको छैन। मङ्गलवारदेखि शहरमा वर्षाको तीव्रता बढ़्ने सम्भावना छ। शुक्रवारसम्म मेघ गर्जनसितै छरिएको वर्षा हुने पूर्वानुमान छ।
आगामी मङ्गलवार उत्तर 24 परगना, दक्षिण 24 परगना औ नदिया जिल्लामा घना वर्षा हुनसक्छ। दक्षिण बङ्गालका अधिकांश भागहरूमा मेघ गर्जनसितै वर्षा अनि 30-40 किलोमीटर प्रतिगण्टाको गतिले तीव्र हावा चल्ने सम्भावना छ।
यता उत्तर बङ्गालको लागि मौसम विभागले रेड अलर्ट जारी गरेको छ। जलपाईगुड़ी र अलिपुरद्वारमा शनिवार-आइतवार अत्यधिक वर्षा हुने आशह्का छ। यी क्षेत्रहरूमा 20 सेन्टीमीटरभन्दा अधिक वर्षा दर्ता हुनसक्छ। यस अतिरिक्त दार्जीलिङ, कालेबुङ, कुचबिहार सहित उत्तर बङ्गालका पार्वतीय अनि तराई क्षेत्रहरूमा आगामी सोमवारसम्ममा 7-देखि 20 सेन्टीमीटरसम्म भारीभन्दा अति भारी वर्षा हुने अनुमान लगाइएको छ। आगामी मङ्गलवारदेखि उत्तर बङ्गालमा वर्षाको गति घट्नसक्छ। तथापि जलपाईगुड़ी र कालेबुङमा बुधवारसम्म भारी वर्षा हुने पूर्वानुमान छ।
मौसम विभाग अनुसार, ओडिशा औ पश्चिम बङ्गाल तट संलग्न उत्तर-पश्चिम बङ्गालको खाड़ीमा विकसित निम्न दबाव क्षेत्र अब गङ्गाको मैदानी पश्चिम बङ्गाल तथा संलग्न झारखण्ड अनि ओडिशा माथि सक्रिय भएकोछ। यसको साथै समुद्र तदलेखि 5.8 किलोमीटर उचाईँमा एक चक्रवाती परिसञ्चरण पनि उपस्थित छ। आगामी 24 घण्टामा यो केही कमजोर हुने सम्भावना देखिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा