सीमा विवादको नाममा वन क्षेत्रको विनाशलाई सहन गरिनेछैन: वन मन्त्री
सीमा विवादको नाममा वन क्षेत्रको विनाशलाई सहन गरिनेछैन: वन मन्त्री


गोलाघाट (असम), 19 जुलाई (हि.स.)। असमका वन मन्त्री जयन्त मल्लबरुवाले आइतवार भने, सीमा विवादको नाममा वन क्षेत्रलाई नोक्सान पुऱ्याउने कुनै पनि प्रयासलाई सहन गरिनेछैन। यस्ता मामिलाहरूमा सरकारले कड़ा अनि उचित कारबाही गर्नेछ।

आइतवार एक कार्यक्रममा सामेल भएपछि सञ्चारकर्मीहरूसित बातचित गर्दै वन मन्त्रीले बेहाली क्षेत्रमा भएको गोलीकाण्डलाई लिएर पनि प्रतिक्रिया व्यक्त गरे। उनले भने, मामिलालाई गम्भीर रूपमा लिइएको छ। आवश्यक कारबाही गरिनेछ।

वन मन्त्रीले बताए, राज्यमा हात्ती-मानव सङ्घर्षका घटनाहरूलाई रोक्नका लागि चाँड़ै नै एक मानदण्ड सञ्चालन प्रक्रिया (एसओपी) लागू गरिनेछ। असम विधानसभामा यसलाई पेश गरिनेछ। यस अतिरिक्त बाँदरहरूको बढ़्दो उत्पातको सामना गर्नको लागि भिन्नै एसओपी बनाइनेछ।

मन्त्रीले भने, वन भूमिलाई बेदखल गर्ने मानिसहरूविरूद्ध अभियान व्यापक रूपमा शुरू हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande