असममा सेमीकण्डक्टर इकोसिस्टमलाई मजबुत बनाउनेमाथि बल, स्थानीय लघु उद्योगहरूले पाउनेछ प्रेरणा: मुख्यमन्त्री
असममा सेमीकण्डक्टर इकोसिस्टमलाई मजबुत बनाउनेमाथि बल, स्थानीय लघु उद्योगहरूले पाउनेछ प्रेरणा: मुख्यमन्त्री


गुवाहाटी, 19 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आइतवार भने, राज्य सरकारले सेमीकण्डक्टर क्षेत्रको लागि कुशल स्थानीय मानव संसाधन तयार गर्ने उद्देश्यले व्यापक निवेशको साथमा एक मजबुत सेमीकण्डक्टर इकोसिस्टमलाी विकसित गरिरहेको छ।

मुख्यमन्त्रीले सोशल मीडियामा भने, यस दिशामा राज्यले पहिला नै उल्लेखनीय प्रगति हासिल गरेको छ।

उनले भने, सरकारको लक्ष्य के छ भने सेमीकण्डक्टर उद्योगमा उपयोग हुने स-साना कल-पूर्जा तथा सहायक सामग्रीहरूको उत्पादन असमको सूक्ष्म, लघु एवं मध्यम उद्यम (एमएसएमई)-ले गर्न सकोस् ताकि स्थानीय उद्योगहरूलाई यस उदियमान उच्च-प्रौद्योगिकी क्षेत्रसित जोड़ेर रोजगार औ औद्योगिक विकासलाई प्रोत्साहन गर्न सकियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande