
कोलकाता, 20 जुलाई (हि.स.)। दक्षिण 24 परगनाको अमतलास्थित अभिषेक ब्यानर्जीको कार्यालयमा प्रशासनले आइतवार फेरि एकपटक ध्वस्तीकरण अभियान शुरू गऱ्यो। पाँच तले भवनलाई भत्काउनको लागि बुलडोजर तथा अन्य भारी मशीनहरूलाई घटनास्थलमा ल्याइएको छ। स्थितिलाई नियन्त्रित राख्नको लागि ठूलो सङ्ख्यामा पुलिस बल तथा दमकलकर्मीहरूलाई तैनाथ गरिएको छ।
अभिषेक ब्यानर्जीको यस कार्यालयलाई अवैध निर्माण ब ताउँदै प्रशासनले गए शनिवार भवनको एक भागलाई ध्वस्त बनाइदिएको थियो। त्यसपछि रातभरि भवनभित्रका सामानहरूलाई हटाउने काम चलिरह्यो। आइतवार अपरान्ह प्रशासनिक टीमले पुनः घटनास्थलमा पुगेर रहल भागलाई भत्काउने कारबाही शुरू गऱ्यो।
ध्वस्तीकरणलाई लिएर अभिषेक ब्यानर्जीको संस्था लिप्स एण्ड बाउण्ड्सले कलकत्ता उच्च न्यायालयको ढोका ढक्ढकाएको छ। मामिलाको आपत सुनवाई भइरहेको भए पनि प्रशासनले भवन भत्काउने कारबाहीलाई जारी राखेको छ।
प्रशासनले आइतवार बुलडोजर अतिरिक्त एयर कन्प्रेसर, भाइब्रेटर औ अन्य आधुनिक मशिनहरूको पनि प्रयोग गऱ्यो। प्रशासनिक सूत्र मुताविक पाँच तले भवनलाई पूर्ण रूपमा ध्वस्त बनाउने योजना छ। भवनको अवैध निर्माणलाई लिएर प्रशासनको कारबाही तथा यसको विरोधमा अदालतमा भइरहेको कानूनी लड़ाईँ अब राजनीतिक रूपमा पनि चर्चाको विषय भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा