दिल्ली सरकारले ‘हर घर तिरङ्गा’ अभियानमा एसएचजी मार्फत दुई लाख तिरङ्गा बनाउने, 15 लाख तिरङ्गा वितरण गर्ने लक्ष्य
दिल्ली सरकारले ‘हर घर तिरङ्गा’ अभियानमा एसएचजी मार्फत दुई लाख तिरङ्गा बनाउने, 15 लाख तिरङ्गा वितरण गर्ने लक्ष्य


नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। दिल्ली सरकारले स्वतन्त्रता दिवसको अवसरमा ‘हर घर तिरङ्गा-2026’ अभियानलाई जनसहभागी, देशभक्ति औ राष्ट्रिय एकताको भावनासित जोड़्ने तयारी गरिरहेको छ। यस अभियानमा दिल्लीका स्वयं सहायता समूह (एसएचजी)-हरूलाई महत्वपूर्ण सामेल गरिनेछ। दिल्ली सरकारले पात्र स्वयं सहायता समूहहरूको माध्यमबाट लगभग दुई लाख राष्ट्रिय झण्डा बनाउनेछ। यी समूहरूले बनाएका तिरङ्गाहरूलाई यस अभियानमा उपयोग गरिनेछ। दिल्ली सरकारले सारा दिल्लीमा 15 लाखभन्दा अधिक राष्ट्रिय झण्डा वितरण गर्ने लक्ष्य राखेको छ।

मुख्यमंत्री रेखा गुप्ताले आइतवार विज्ञप्ति जारी गर्दै भनिन्, ‘हर घर तिरङ्गा’ अभियान राष्ट्रिय ध्वज फहराउने कार्यक्रम मात्र होइन, यो देशभक्ति, राष्ट्रिय एकता औ जनभागीदारीको भावनालाई मजबुत बनाउने अवसर पनि हो। उनले भनिन्, दिल्ली सरकार यस अभियानलाई समाजको हरेक वर्गको भागीदारीबाट सफल बनाउनको साथै स्वयं सहायता समूहहरूलाई आर्थिक रूपमा सशक्त बनाउनको लागि पनि प्रतिबद्ध छ।

मुख्यमन्त्रीले भनिन्, स्वयं सहायता समूहहरूलाई राष्ट्रिय ध्वज निर्माणसित जोड़्ने निर्णय सरकारको त्यस सोचको एक भाग हो जसमा जनकल्याणकारी अभियानहरूसँगसँगै आजीविकाका अवसरहरूलाई पनि जोड़िँदैछ। उनले भनिन्, राष्ट्रिय झण्डा बनाउने स्वयं सहायता समूहका सदस्यहरूले देशको गौरव तथा राष्ट्रिय एकताको प्रतीक तिरङ्गाको निर्माणमा सोझै योगदान दिनेछन्। यसबाट उनीहरूलाई आर्थिक अवसर प्राप्त हुनका साथै देशव्यापी अभियानको अङ्ग बन्ने गौरव पनि प्राप्त हुनेछ।

मुख्यमन्त्रीले भनिन्, सरकारको उद्देश्य विकास अनि जनसहभागितालाई सँगै लिएर अगाड़ि बढ़्नु हो। स्वयं सहायता समूहहरूलाई ‘हर घर तिरङ्गा’ अभियानसित जोड़ेर दिल्ली सरकारले सामुदायिक संस्थाहरूलाई मजबुत बनाउने, आर्थिक सशक्तिकरणलाई प्रेरित गर्ने तथा नागरिकहरूको व्यापक सहभागिता सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम उठाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande