
हल्द्वानी, 19 जुलाई (हि.स.)। साइबर ठगहरूले हल्द्वानीका एकजना बुजुर्गलाई बीमा पोलिसिहरूको प्रीमियम औ बोनस फिर्ता दिलाउने प्रलोभन देखाएर 72.33 लाख रुपियाँको अनलाइन ठगी गरे। पीड़ितको सिकायतमा कुमाऊँ रेञ्ज रुद्रपुरको साइबर क्राइम पुलिस स्टेशनमा मुद्दा दर्ता गरी जाँच शुरू गरिएको छ।
हल्द्वानीको बिठौरिया नम्बर-1, शिवशक्ति विहार निवासी पीड़ित सुरेन्द्रसिंह अनुसार ठगहरूले आफूलाई एनपीसीआईको अधिकारी बताएर दाबी गरे, उनको पाँच वटा बीमा पोलिसिहरूको लगभग एक करोड़ रुपियाँ प्रीमियम वा बोनस प्राप्त हुनसक्छ। त्यसपछि प्रोसेसिङ्ग फीस, ट्याक्स औ अन्य शुल्कको नाममा लगातार रकम जमा गराइयो। लामो समयसम्म रिफण्ड नपाइएकोले तथा आरोपीहरूको मोबाइल फोन बन्द रहेकोले पीड़ितलाई आफू ठगिएको थाहा भयो।
पीड़ित अनुसार परिवारले वर्ष 2024- मा विभिन्न बीमा कम्पनीहरूबाट पाँच वटा पोलिसी खरिद गरेका थिए। पहिलो किकस्ताको रूपमा लगभग 80 हजार रुपियां जमा गरेका थिए, तर पछि किस्ता जमा हुन सकेन। यसै आधारमा ठगहरूले उनलाई आफ्नो लक्ष्य बनाए।
जुलाई, 2025- मा एकजना व्यक्तिले आफूलाई सन्दीप शर्मा बताउँंदै एनपीसआईको असिस्टेन्ट म्यानेजर तथा फण्ड ट्रान्सपर म्यानेजर रहेको दाबी गऱ्यो। उसले आधार कार्ड, प्यान कार्ड औ फोटो व्हाट्सएपमा मगायो। दस्तावेज पाएपछि फीस, ट्याक्स, जीएसटी, प्रोसेसिङ्ग चार्ज तथा अन्य शुल्कको नाममा बारम्बार रकम जमा गराइरह्यो।
पीड़ितले 84 अनलाइन ट्रान्ज्याक्शनको माध्यमबाट बोब, पीएनबी औ एक्सिस ब्याङ्कको खातबाट मोठ 72,33,600 रुपियाँ आरोपीहरूले बताएको खातामा पठाए। न कुनै रिफण्ड पाइयो न आरोपीहरूसित सम्पर्क नै हुनसक्यो। त्यसपछि उनले साइबर पुलिसमा सिकायत दर्ता गराए। पुलिसले ब्याङ्कक खाता, मोबाइल नम्बर, व्हाट्सएप च्याट औ अन्य डिजिटल प्रमाणको आधारमा जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा