मन्त्री इन्द्राजले रोहिणीमा सीवर लाइनको गरे लोकार्पण
मन्त्री इन्द्राजले रोहिणीमा सीवर लाइनको गरे लोकार्पण


नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। दिल्लीका समाज कल्याण मन्त्री रविन्द्र इन्द्राजले आइतवार रोहिणी सेक्टर-26 स्थित आरडब्ल्यूए रीसेटलमेन्ट कलोनीमा 65 लाख रुपियाँको लागतमा निर्मित सीवर लाइनको लोकार्पण गरे। यो परियोजना पूर्ण भएपछि क्षेत्रमा जल निकासी व्यवस्था सुदृढ़ हुनेछ, स्वच्छता बढ़्नेछ तता नागरिकहरूलाई श्रेष्ठ आधारभूत सुविधाहरूको लाभ प्राप्तत हुनेछ। यो जानकारी मन्त्री सोशल मीडिया अकाउन्ट एक्समा साझा गरे।

मन्त्रीले यस अवसरमा स्थानीय नागरिक एवं आरडब्ल्यूए पदाधिकारीहरूसित सम्वाद गरी क्षेत्रको विकाससित सम्बन्धित विभिन्न विषयहरूमा चर्चा गरे। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको 'सबैको साथ, सबैको विकास, सबैको विश्वास औ सबैको प्रयास'- को सङ्कल्प तथा मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा दिल्ली सरकारले नागरिकहरूको जीवनलाई अधिक सुविधाजनक बनाउने तथा विकास कार्यहरूलाई गति दिनको लागि निरन्तर प्रतिबद्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande