जन्तर-मन्तरमा रातभरि नै डटिरहे विद्यार्थीहरू, आज केही नेताहरू पुग्ने सम्भावना, 20 जुलाईमा संसद मार्च गर्ने तयारी
जन्तर-मन्तरमा रातभरि नै डटिरहे विद्यार्थीहरू, आज केही नेताहरू पुग्ने सम्भावना, 20 जुलाईमा संसद मार्च गर्ने तयारी


नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। ककरोच जनता पार्टी (सीजेपी)- को ब्यानरमा जन्तर-मन्तरमा पेपर लीकको विरोधमा भइरहेको विद्यार्थी आन्दोलन आइतवार पनि यथावत छ। जन्तर-मन्तरमा आज केही राजनीतिक नेताहरू आइपुग्ने सम्भावना छ।

यसबीच आम आदमी पार्टी (आआप)- का वरिष्ठ नेता मनीष सिसोदियाले सोशल मीडिया मञ्च एक्समा पोस्ट गरी घोषणा गरे, उनी आइतवार अपरान्हपछि जन्तर-मन्तरमा पुगेर आन्दोलनमा सामेल हुनेछन्। उनले भने, पेपर लीकको विरोधमा भइरहेको आन्दोलनलाई समर्थन गर्नु देशका युवा अनि भविष्यलाई समर्थन गर्नु हो। सिसोदियाले लेखे, पेपर लीक विद्यार्थीहरूको मात्र होइन, हरेक ती परिवारको पीड़ा हो जसले आफ्ना नानीहरूको उज्जवल भविष्को सपना देख्छन्। उनले केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागलाई दोहोऱ्याए।

यता ककरोच जनता पार्टीले पनि सोशल मीडियामा एउटा भिडियो साझा गरी पुलिसका तयारीहरूमाथि प्रश्न उठायो। पार्टीले पोस्टमा लेखेको छ, के सुरक्षा बलले कारबाही गर्ने तयारी गरिरहेको छ? हामी एकजुट छौं। त्यसपछि धरनास्थलमा पुलिसको उपस्थिति अनि सुरक्षा व्यवस्थालाई लिएर चर्चा तीव्र भयो।

यसैबीच सफदरजङ्ग अस्पतालमा भर्ती जलवायु कार्यकर्ता सोनम वाङ्गचुककी पत्नीले अस्पताल प्रशासनमाथि गम्भीर आरोप लगाएकी छन्। उनले सोशल मीडियामा दाबी गरिन्, अस्पतालले उनलाई वाङ्गचुकको पोटाशियम स्तर 2.9 सम्म झरेको छ जुन चिन्ताजनक रहेको बताएको थियो। तर सार्वजनिक स्वास्थ्य बुलेटिनमा पोटाशियम कम छ मात्र लेखेर वास्तविक आँकड़ालाई लुकाइयो। उनको भनाइ छ, धेरै आग्रह गरिएपछि स्वतन्त्र ल्याबबाट गराइएको जाँचमा पोटाशियम स्तर 3.5 पाइयो जुन सामान्य थियो। उनले यो पनि आरोप लगाइन्, अस्पताल प्रशासनले वाङ्गचुकलाई जिस्चार्ज गर्ने वा कुनै निजी अस्पतालमा स्थानान्तरण गर्ने अनुमति दिएन।

उनले अझ बताए अनुसार अस्पतालमा ठूलो सङ्ख्यामा पुलिसकर्मीहरूलाई तैनाथ गरिएको छ जसबाट परिवारको आवागमन पनि सीमित भएको छ। उनले यस सम्पूर्ण मामिलालाई गैर-कानूनी हिरासत बताउँदै दिल्ली हाई कोर्टमा याचिका दर्ता गरी तत्काल सुनवाई गर्ने माग गरेकी छन्।

अर्कोतिर सोनम वाङ्गचुकद्वारा पनि एउटा सन्देश जारी गरिएको छ। यसमा 20 जुलाईलाई स्वाधीनताको दोस्रो आन्दोलन- भय मुक्त भारत, अन्याय मुक्त भारत बताउँदै संसद मार्चलाई सफल बनाउने अपील गरिएको छ। सन्देशमा पेपर लीक जस्तो अन्याय औ आफ्नो कथित अवैध हिरासतबाट मुक्तिको उल्लेख पनि गरिएको छ। जन्तर-मन्तरमा आइतवार सुरक्षा व्यवस्थालाई कड़ा बनाइएको छ। आन्दोलनकारीहरूले 20 जुलाईमा संसद मार्च गर्ने तयारीमा जुटेका छन् भने प्रशासनले सम्पूर्ण घटनाक्रममाथि नजर राखिरहेको छ। पुलिसका वरिष्ठ अधिकारीहरूको भनाइ छ, अग्रिम प्रदर्शनको अनुमति दिइएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande