कोलकातामा दश वर्षीय बालक कोभिड सङ्क्रमित, उपचार जारी
कोलकातामा दश वर्षीय बालक कोभिड सङ्क्रमित, उपचार जारी


कोलकाता, 19 जुलाई (हि.स.)। कोलकाताको एक निजी अस्पतालमा कोभिड-19 बाट सङ्क्रमित दश वर्षीय बालकलाई भर्ती गरिएको छ। चिकित्सकहरू अनुसार बालकको स्थिति स्थिर छ। उसलाई चिकित्सकहरूको निगरानीमा राखिएको छ।

दक्षिण कोलकाताको गड़िया क्षेत्र निवासी बालकलाई गए शनिवार तीव्र ज्वर, खोकी तथा श्वास-प्रश्वास क्रियामा कठिनाई भएपछि अस्पतालमा भर्ती गरिएको थियो। जाँचको लागि उसको स्वैब नमूना लिइयो जसको रिपोर्टमा कोभिड-19 सङ्क्रमित पाइयो।

त्यसपछि उसलाई अस्पतालको पृथक चिकित्सा कक्षस्थित गहन चिकित्सा एकाईमा स्थानान्तरण गरियो।

बाल रोग विशेषज्ञ डा. साहेली दासगुप्ताले बताए, बालक पछिल्लो तीन-चार दिनदेखिको ज्वरो, रूघा-खोकीबाट पीड़ित भएको थियो। एक्स-रे जाँचमा उसको दाहिनो फोक्सोमा निमोनियाको लक्षण पाइयो। विषाणु सम्बन्धी जाँचमा सार्स-कोव-दो सङ्क्रमण रहेको पुष्टि भएको छ। कोरोना एक विषाणुजनित रोग भएकोले प्रतिजैविक औषधिको स्थानमा उसलाई नेबुलाइजेशन सहित आवश्यक चिकित्सकीय सहयोग प्रदान गरिँदैछ। बालककी आमालाई पनि भिन्नै राखिएको छ जसको कोभिड जाँच गराउने तयारी भइरहेको छ।

चिकित्सकहरूले बताए, बालकको स्थिति हाल स्थिर छ। उसको स्वास्थ्यमाथि चौबिसै घण्टा नजर राखिँदैछ। तथापि चिकित्सकहरूले मानिसहरूलाई डराउने आवश्यकता नरहेको बताएका छन्। उनीहरूको भनाइ छ, वर्षायाममा बाल-बालिकाहरूमा ज्वरो, रूखा-खोकीको मामिला सामान्य रूपमा बढ़्छ। देशका अन्य भागहरूमा पनि कोभिडको नयाँ मामिला देखिएको छ। तर अधिकांश सङ्क्रमितहरूमा हल्का लक्षण देखिएकोले अस्पतालमा भर्ती गर्ने आवश्यकता परेको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande