
नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धू आइतवार कमला नगरमा श्री गीता भवन पञ्चायती धर्मशाला ट्रस्टद्वारा आयोजित 21औं जगन्नाथ रथ यात्रा महोत्सवमा सामेल भए। यस अवसरमा उनले भगवान जगन्नाथ, भगवान बलभद्र औ देवी सुभद्राको पूजा अनि आरती गरे।
उपराज्यपालले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भने, दिल्लीको वास्तविक शक्ति यसको समृद्ध सांस्कृतिक विविधतामा छ जहाँ भारतको हरेक कुनाको परम्पराहरूले आफ्नो घर पाउँछन् जसलाई समान सम्मानको साथमा मनाइन्छ। यस्तो आयोजनले एकता, सद्भाव औ हाम्रो साझा सभ्यतागत धरोहरको भावनालाई सुन्दर ढङ्गमा दर्शाउँछ जसले हाम्रा राजधानीका मानिसहरूलाई एक सूत्रमा बाँधेर राख्छ। उनले भगवान जगन्नातसित सबैको लागि शान्ति, खुशी, सुस्वास्थ्य एवं समृद्धिको प्रार्थना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा