डीभीसीको अतिक्रमण हटाऔं अभियान अवधि लेफ्ट ब्याङ्क क्षेत्रमा तनाउ
डीभीसीको अतिक्रमण हटाऔं अभियान अवधि लेफ्ट ब्याङ्क क्षेत्रमा तनाउ


पश्चिम बर्दवान, 19 जुलाई (हि.स.)। म्याथनको लेफ्ट ब्याङ्क क्षेत्रमा दामोदर भ्याली कर्पोरेशन (डीभीसी)- द्वारा सञ्चालित अतिक्रमण हटाऔं अभियान अवधि आइतवार त्यसबेला स्थिति तनाउपूर्ण भयो जतिबेला डीभीसीका अधिकारीहरू भारी सुरक्षा बल औ राज्य पुलिसको साथमा क्षेत्रमा पुगे। कारबाहीको विरोधमा स्थानीय मानिसहरूले सड़क जामगरेर व्यापक प्रदर्शन गरे।

प्राप्त जानकारी अनुसार डीभीसीले लेफ्ट ब्याङ्कक क्षेत्रमा आफ्नो लगभग 110 वटा पुराना क्वार्टरहरूलाई भत्काउने अभियान चलाइरहेकोछ। तर स्थानीय मानिसहरूले आरोप लगाए, डीभीसीले आफ्नो पुरानो क्वार्टरलाई मात्र नभएर निजी घर अनि पसलहरूलाई समेत पूर्व सूचना बिनै तथा कानूनी नोटिस बिनै भत्काउने तयारी गरिरहेको छ।

प्रदर्शनकारीहरूको भनाइ थियो, अधिकारीहरूले घर अनि पसल मालिकहरूलाी तत्काल ठाउँ खाली गर्ने चेताउनी दियो, तर उनीहरूलाई कुनै कानूनी नोटिस दिइएन। स्थानीय मानिसहरूको आरोप छ, डभीसीका अधिकारीहरूले पूर्व सूचना बिनै मानिसहरूलाई डर अनि धम्की देखाएर हटाउने प्रयास गरिरहेका छन्।

मानिसहरूले डीभीसीलाई चुनौती दिँदै भने, पहिला यो साबित गरियोस् कि जुन घर अनि पसलहरूलाई भत्काइँदैछ, त्यो जमीन वास्तवमै डीभीसीको हो। उनीहरूको भनाइ थियो, अधिकांश परिवार पछिल्लो लगभग 50 वर्षदेखिको यस क्षेत्रमा बस्दै आइरहेका छन् भने यही घर बनाएर पसल चलाएर आफ्नो परिवार धान्दै आिरहेका छन्। यसरी अचानक उनीहरूलाई बेदखल गर्नाले उनीहरूको निम्ति आजीविका र अस्तित्वको गम्भीर सङ्कट उत्पन्न हुनेछ। स्थितिलाई मध्यनजर गर्दै पुलिसले हस्तक्षेप गर्दै सड़कमै डीभीसी अधिकारीहरू तथा प्रदर्शनकारीहरूबीच बातचित गरायो।

वार्तामा डीभीसी अधिकारीहरूले आश्वासन दिए, कानूनी नोटिस बिना हाल कुनै पनि निजी घर वा पसललाई भत्काइनेछैन। आश्वासन पश्चात प्रदर्शनकारीहरूले शान्त भएर पथावरोधलाई हटाए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande