मिशन बसुन्धरा 4.0 25 दिसम्बरदेखि शुरू हुनेछ, 3.5 लाख चिया श्रमिकहरूलाई दिइनेछ भूमि पट्टा
मिशन बसुन्धरा 4.0 25 दिसम्बरदेखि शुरू हुनेछ, 3.5 लाख चिया श्रमिकहरूलाई दिइनेछ भूमि पट्टा


गुवाहाटी, 19 जुलाई (हि.स.)। असममा मिशन बसुन्धरा 4.0 को शुरुआत आगामी 25 दिसम्बरदेखि हुनेछ। सो जानकारी राज्यका राजस्व मन्त्री केशव महन्तले एक कार्यक्रममा भाग लिएपछि पत्रकारहरूसित बातचित गर्ने क्रममा दिएका हुन्।

उनले भने, राज्य सरकारले 3 लाख 50 हजार चिया बगान श्रमिकहरूलाई भूमि पट्टा प्रदान गर्नेछ। मन्त्रीले भने, यो पहल चिया श्रमिकहरूको भूमि अधिकार सुनिश्चित गर्न तथा उनीहरूको सामाजिक-आर्थिक सशक्तिकरणको दिशामा उठाइएको एक महत्वपूर्ण कदम हो। उनले भने, सरकार चिया श्रमिकहरूलाई भूमिको पट्टा दिनेप्रति प्रतिबद्ध छ। वसुन्धरा 2 अनि 3 अन्तर्गत पनि चिया श्रमिकहरूलाई भूमिको पट्टा दिइएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande