पुलिस हिरासतबाट भाग्ने प्रयास, आरोपी खुट्टामा गोली लागेर घाइते
पुलिस हिरासतबाट भाग्ने प्रयास, आरोपी खुट्टामा गोली लागेर घाइते


गुवाहाटी, 19 जुलाई (हि.स.)। असम पुलिसले गुवाहाटीको जालुकबाड़ी थाना क्षेत्रमा हिरासतबाट भाग्ने प्रयास गरिरहेका चोरीका आरोपीलाई खुट्टामा गोली दागेर समातियो। घाइते आरोपीको पहिचान बरपेटा जिल्ला निवासी आजनलीअलीको रूपमा भएको छ जसलाई माली गाउँस्थित आरके ट्रेडर्समा भएको चोरीको मामिलामा पक्राउ गरिएको थियो।

पुलिस अनुसार गत 7 जुलाईको दिन माली गाउँस्थित आरके ट्रेडर्सबाट लगभग 7 लाख रुपियाँ बराबरको सामान चोरी भएको थियो। मामिलाको जाँच गर्ने क्रममा पुलीसले आजनबी अलीलाई पक्राउ गऱ्यो। गए शनिवार राती पुलिसको एक टीमले उसलाई चोरीको सामान जफत गर्नको लागि घटनास्थलमा लिएर गएको थियो। यसै अवधि आरोपीलेेे पुलिसलाई छक्याएर भाग्ने प्रयास गऱ्यो। उसलाई रोक्नको लागि पुलिसले गोली चलायो जुन उसको खुट्टामा लाग्यो। त्यसपछि पुलिसले उसलाई समात्यो। घाइते आरोपीलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पताल (जीएमसीएच)- मा भर्ती गराइएको छ। मामिलाको जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande