
सिलगढ़ी, 19 जुलाई (हि.स.)। इण्डो-नेपाल बोर्डरबाट आइतवार एउटा अचम्भको घटना घटेको प्रकाशमा आएको छ। मेची नदी तरेर भारतमा छिर्ने प्रयास गर्दा नदीको बीचमा फसेकी नेपालकी एकजना युवतीलाई सुरक्षित बचाइयो।
प्राप्त जानकारी अनुसार नेपालकी एकजना युवतीले मेची नदी तरेर भारतमा प्रवेश गर्ने प्रयास गरिरहेकी थिइन्। यसै अवधि अचानक नदीको जलस्तर बढ़्यो जसले गर्दा युवती बीचमै फसिन्।
घटनाको सूचना पाएर सीमामा तैनाथ सुरक्षाकर्मीहरूको नजर युवतीमाथि पऱ्यो। नेपाल पुलिसका अधिकारीहरू तुरून्तै राहत तथा बचाउ कार्यमा जुटे। कठिन परिश्रम गरेर युवतीलाई सुरक्षित बाहिर निकालियो। त्यसपछि युवतीलाई उपचारको निम्ति नेपालको अस्पतालमा पठाइयो। यस घटनापछि सीमावर्ती क्षेत्रमा कोकोहोलो मचियो। यद्यपि युवतीले यस्तो ठलो जोखिम उठाएर नदी पार गर्ने प्रयास किन गरिन्, जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा