
बीरभूम, 19 जुलाई (हि.स.)। तारापीठ मन्दिरमा श्रद्धालुहरूको सुविधा, सुरक्षा औ मन्दिरको व्यवस्थालाई अधिक सुव्यवस्थित बनाउने उद्देश्यले तारामाता सेवायत सङ्घले आगामी एक अगस्तदेखि मन्दरिको नयाँ नियमावली लागू गर्ने घोषणा गरेको छ। मन्दिर प्रशासनद्वारा जारी सूचना अनुसार दर्शन, पूजा, भोग औ आरतीको समयमा फेरबदल गरिएको छ। यसको साथै गर्भगृहमा मोबाइल फोन लैजानदेखि रोक लगाइएको छ।
नयाँ व्यवस्था अनुसार मन्दिर प्रतिदिन बिहान तीन बजे खोलिनेछ। श्रद्धालुहरूका लागि बिहान 5:30 बजेदेखि पूजा एवं दर्शन प्रारम्भ हुनेछ भने अपरान्ह 12:30 बजे गर्भगृहलाई बन्द गरिनेछ जबकि अपारन्ह एक बजेसम्म मातालाईभोग अर्पण गरिनेछ। त्यसपछि अपरान्ह 1:30 बजेदेखि पुनः दर्शन शुरू हुनेछ।
साँझ 6 बजे आरतीको लागि गर्भगृहको द्वार बन्द रहनेछ। आरती पश्यात सांझ 7:30 बजेदेखि पुनः पूजा एवं दर्शन शुरू हुनेछ। राती 10 बजे मन्दिर परिसरका सबै प्रवेश द्वारहरूलाई बन्द गरिनेछ।
मन्दिर प्रशासनले स्पष्ट पारेको छ, गर्भगृहमा मोबाइल फोन लैजान पूर्ण रूपले प्रतिबन्धित रहनेछ। श्रद्धालुहरूले गर्भगृहमा प्रवेश गर्नअघि आफ्नो मोबाइल फोनलाई निर्धारित स्थानमा जमा गर्नुपर्नेछ। गर्भगृहमा शृङ्गार पूजा गर्ने अनुमति दिइनेछैन भने पूजा अवधि ढाक (ड्रम) बजाउने क्षेत्रमा श्रद्धालुहरूको प्रवेश प्रतिबन्धित रहनेछ।
यस अतिरिक्त मातालाई भोग अर्पण गर्नअघि मन्दिर परिसरमा भोग ग्रहण गर्ने तथा मन्दिर बाहिर भोग लैजाने अनुमति दिइनेछैन। दर्शन व्यवस्थालाई सुचारु बनाइराख्नको लागि सामान्य पङ्क्ति, भीआईपी पङ्क्ति औ प्रोटोकल पङ्क्तिको भिन्न-भिन्नै समयम निर्धारण गरिएको छ।
तारामाता सेवायत सङ्घले सबै श्रद्धालुहरूसित नयाँ नियमावलीलाई पालन गर्ने अपील गरेको छ ताकि मन्दिरमा दर्शन अनि पूजाको व्यवस्थालाई शान्तिपूर्ण, सुरक्षित एवं सुव्यवस्थित ढङ्गमा सञ्चालन गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा