मेरापानीको माजगुड़ीमा भयानक सड़क दुर्घटना, दुई जना युवकको घटनास्थलमै मृत्यु
मेरापानीको माजगुड़ीमा भयानक सड़क दुर्घटना, दुई जना युवकको घटनास्थलमै मृत्यु


गोलाघाट (असम), 19 जुलाई (हि.स.)। गोलाघाट जिल्लाको मेरापानीस्थित माजगुड़ी क्षेत्रमा आइतवार भएको भयानक सड़क दुर्घटनामा दुई जना युवकको घटनास्थलमै मृत्यु भयो।

मृतकहरूको पहिचान प्रिन्स मेच र प्रेम कुमार विश्वकर्माको रूपमा भएको छ। दुवै गोलाघाट जिल्लाका निवासी थिए। दुुर्घटनाको कारण तत्काल थाहा लाग्न सकेको छैन। पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande