भारतीय जनता पार्टीको खरसाङ मण्डल स्तरीय प्रशिक्षण शिविर सम्पन्न
bjp training


खरसाङ, 19 जुलाई (हि.स.)। भारतीय जनता पार्टीको मण्डल ११ अनि १२ को संयुक्त आयोजनामा पण्डित दीनदयाल उपाध्याय प्रशिक्षण खरसाङको नयाँ बजारस्थित सामुदायिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा दार्जिलिङ जिल्ला उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव निरज थापा, जिल्ला सामाजिक सञ्जाल प्रभारी चन्दन प्रसाद, जिल्ला युवा सशक्तीकरण, अध्ययन केन्द्र सदस्य डा कमल भुजेल, मण्डल ११ अध्यक्ष सञ्जय थापा अनि मण्डल १२ की अध्यक्षा दीक्षा तामाङ लगायत सम्पूर्ण मण्डल स्तरीय कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यस प्रशिक्षणको मूख्य उद्देश्य आफ्ना कार्यकर्ताहरूलाई भाजपा पार्टीको सिद्धान्त, कार्यशैली, इतिहास, आपदा व्यवस्थापन अनि मिडिया र एआईको प्रयोगहरूबारे जानकारी गराउनु थियो।

जिल्ला सचिव निरज थापाले भाजपा पार्टीको ऐतिहासिक विश्लेषण अनि सैद्धान्तिक ढाँचाबारे जानकारी दिए। यस क्रममा जिल्ला कानुनी सल्लाहकार रमेश अग्रवालले भाजपा पार्टीको कार्यशैलीबारे जानकारी दिएका थिए।

त्यसपछि पहाड अनि मधेश क्षेत्रमा पाकृतिक आपदाबारे विस्तृत जानकारी डा कमल भुजेलले दिए।उनले बुथ स्तरदेखि मण्डल स्तरसम्म आपदा प्रबन्धन टोली बनाउनु पर्ने योजनाहरू बताए। त्यसपछि सोसियल मिडिया अनि एआईको प्रयोगबारे जिल्ला मिडिया प्रभारी चन्दन प्रसादले बताए भने भाजपाको कार्यकर्ताहरूले भाजपाको सरल एप, नमो एप अनि भाजपाको अनलाइन सदस्यता लिनु पर्ने बताए।

जिल्ला भाजपा उपाध्यक्ष आरबी लामाले बुथ सशक्तीकरणबारे जानकारी दिँदै एसआईआरमा नाम काटिएको कारण अनि उपायहरू बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande