
नयाँ दिल्ली, 19 जुलाई (हि.स.)। दक्षिणी दिल्लीको फतेहपुर बेरी थाना क्षेत्रस्थित स्वरूप कलोनीमा आइतवार बिहान इभेन्ट म्यानेजमेन्टका सामान अनि फर्नीचरले भरिएको एउटा गोदाममा भयानक आगो लाग्यो। आगो लागेको सूचना बिहान लगभग 6:42 बजे दिल्ली दमकल विभागलाई प्राप्त भयो। हेर्दा-हेर्दै आगोले सम्पूर्ण गोदामलाई चपेटमा लियो। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै दमकल विभागले चरणबद्ध ढङ्गमा 15 वटा दमकल वाहनहरूलाई घटनास्थला पठायो।
दमकल विभाग अनुसार आगो इभेन्ट म्यानेजमेन्टमा उपयोग हुने टेन्ट, सजावटका सामान तथा फर्नीचरमा लागेको थियो। गोदामभित्र प्रचुर मात्रामा ज्वलनशील सामान राखिएको कारणले आगो द्रूत गतिमा फैलियो। प्रारम्भिक प्रयास पश्चात आगोले झन विकराल रूप धारण गरेपछि अतिरिक्त दमकल वाहनहरूलाई लगातार प्रस्थान गराइयो।
राहत एवं बचाउ कार्यमा सबैभन्दा ठूलो चुनौती गोदामसम्म पुग्ने साँघुरो गल्लीहरू रहे। ठूलो दमकल वाहन भित्रसम्म पुग्न नसकेको कारणले विशेष रूपमा चार वटा स्पल वाटर टेण्डरलाई पनि पठाइयो। दमकलकर्मीहरूले घण्टौंसम्म अथक प्रयास गरेर आगोलाई नियन्त्रण गरे। बिहान लगभग 8:40 बजे आगलाई पूर्ण रूपमा नियन्त्रण गरियो।
त्यसपछि पनि गोदाममा धुँवा र तातो यथावत रहेकोले विभागले कुलिङ्ग अपरेशन स़ञ्चालन गऱ्यो ताकि आगोले पुनः फैलिने मौका नपाओस्।यद्यपि गोदाममा राखिएका सबै सामानहरू जलेर नष्ट भएको कारणले ठूलो नोक्सान भएको हुनसक्ने आशङ्का । हाल आगलागीको कारण पत्तो लाग्न सकेको छैन। पुलिस अनि दमकल विभागले जाँच जारी राखेको छ। शुरूआती जाँचमा शर्ट सर्किट सहित अन्य सम्भावित कारणहरूलाई पनि ध्यानमा राखेर जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा