
नयाँ दिल्ली, 02 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा) का राष्ट्रिय संयोजक एवं दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले अयोध्यामा राम मन्दिर निर्माणसित सम्बन्धित मामिलामा कथित भ्रष्टाचार भएको आरोप लगाउँदै यसको निष्पक्ष अनि स्वतन्त्र जाँच गर्ने माग गरे।
केजरीवालले बिहीवार पार्टी मुख्यालयमा आयोजित पत्रकार वार्तालाई सम्बोधन गर्दै आरोप लगाए, राम मन्दिर निर्माणसित सम्बन्धित भूमि सौदा, निर्माण कार्य औ श्रद्धालुहरूद्वारा दिइएको चन्दाको उपयोगमा गम्भीर अनियमितता भएको छ। उनले दाबी गरे, केही मामिलाहरूमा खरिद गरिएको जमीनलाई केही समयपछि श्रीराम जन्मभूमि तिर्थ क्षेत्र ट्रस्टलाई केही गुणा अधिक मूल्यमा बेचियो जसबाट करोड़ौं रुपियाँको कथित घोटाला भयो।
उनले आरोप लगाए, निर्माण कार्यहरूको ठिकामा कथित रूपमा कमिशनको माग गरियो। मन्दिर परिसरमा चढ़ाएको पैसा चोरी भयो र यसबाट सम्बन्धित सीसीटीभी फुटेजको ठूलो भाग पछिबाट हटाइयो।
केजरीवालले यी आरोपहरूको जाँच गर्नको लागि गठित विशेष जाँच दल (एसआईटी)-माथि पनि प्रश्न उठाउँदै भने, यो जाँच केवल औपचारिकता हो। उनले आरोप लगाए, एसआईटी भूमि औ निर्माणसित सम्बन्धित कथित घोटालाको जाँच गर्नको सट्टा चढ़ाएको पैसा चोरी बएको घटनासम्म मात्र सीमित छ।
उनले आरोप लगाए, मामिलाको वास्तविक रूपमा जिम्मेवार मानिसहरूलाई बचाइँदैछ तथा पक्रा पर्ने मानिसहरू स-सानो स्तरका आरोपीहरू हुन्। केजरीवालले भने, यस सम्पूर्ण प्रकरणको जाँच कुनै स्वतन्त्र एजेन्सी अथवा उच्चतम न्यायालयको निगरानीमा गराउनुपर्छ ताकि साँचो कुराको खुलासा हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा