
गुवाहाटी, 02 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बिहीवार नयाँ दिल्लीमा केन्द्रिय मत्स्य पालन, पशुपालन एवं डेयरी मन्त्री राजीव रञ्जन (ललन) सिंहसित भेट गरी राज्यको मत्स्य एवं डेयरी क्षेत्रको विकासलाई लिएर विस्तृत चर्चा गरे। बैठकमा उत्पादन बढ़ाउने, निर्यातलाई प्रोत्साहन दिने तथा ग्रामीण अर्थव्यवस्थालाई मजबुत बनाउनको लागि विभिन्न योजनाहरूमाथि विचार-विमर्श गरियो।
मुख्यमन्त्रीले बताए, बैठकमा असमको अपार मत्स्य क्षमताको श्रेष्ठ उपयोग गर्ने, माछा उत्पादनलाई बढ़ाउने, भ्याल्यु चेनलाई मजबुत बनाउने, प्रसंस्करण पूर्वाधारलाई विकसित गर्ने तथा बजारसम्म पहुँच बढ़ाएर माछा निर्यातलाई प्रोत्साहन गर्नेमाथि सहमति कायम भयो। उनले भने, यी विचारहरूलाी चाँड़ै ठोस योजनाहरूमा परिवर्तन गर्ने प्रयास गरिनेछ जसबाट असमलाई प्रमुख मत्स्य उत्पादक औ निर्यातक राज्य बनाउन सकियोस्।
डेयरी क्षेत्रमाथि चर्चा गर्दै डेयरी सहकारी समितिहरूलाई सशक्त बनाउने, पशु चिकित्सा सेवाहरूको विस्तार, पशु औषधि केन्द्रहरूको स्थापना, टेट्रा प्याक (यूएचटी) एवं मिल्क पाउडर संयन्त्र स्थापित गर्ने तथा कृत्रिम गर्भाधानको माध्यमबाट पशुधनको गुणस्तरलाई सुधार्ने जस्ता विषयहरूमाथि पनि विस्तार पूर्वक विचार गरियो।
केन्द्रिय मन्त्रीले पनि बैठकलाई सकारात्मक एवं उपयोगी बताउँदै भने, केन्द्र अनि राज्य सरकारको समन्वित प्रयासहरूबाट असमको मत्स्य औ डेयरी क्षेत्रमा तीव्र विकास हुनेछ जसबाट किसान, उद्यमी एवं ग्रामीण आजीविकाको लागि नयाँ अवसर सृजना हुनेछ। बैठकमा मुख्यमन्त्री अतिरिक्त मुख्य सचिव डा. केके द्विवेदी, असम भवनकी रेजिडेन्ट कमिश्नर कविता पद्मनाभन तथा सम्बन्धित मन्त्रालयका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा