
भागलपुर, २ जुलाई (हि.स.)। जिल्लाको तिलकामांझी थाना क्षेत्र स्थित एक बिल्डरको कार्यालयबाट बिहिवार पुलिसले शव जफत गरेको छ। शव फेला परेपछि क्षेत्रमा सनसनी फैलिएको छ।
मृतकको पहिचान नीलकण्ठ नगर विमानस्थल नजिक बसोबास गर्ने बजरंगीका रूपमा भएको छ। प्राप्त जानकारी अनुसार उनकी पत्नीले लामो समयसम्म फोन गर्दा पनि बजरंगीले फोन नउठाएपछि उनी कार्यालय पुगेकी थिइन्। तर कार्यालयको ढोकाभित्रबाट बन्द थियो र पटक–पटक आवाज लगाउँदा पनि कुनै प्रतिक्रिया प्राप्त भएन।
त्यसपछि घटनाबारे तिलकामांझी थाना पुलिसलाई जानकारी दिइयो। सूचना प्राप्त हुनासाथ पुलिस घटनास्थलमा पुगेर बन्द ढोका फोडीभित्र प्रवेश गर्यो।
कोठाभित्र बजरंगीको शव फेला परेपछि पुलिसले शवलाई आफ्नो कब्जामा लिई पोस्टमार्टमका लागि पठाएको छ। हाल यो घटना हत्या हो वा आत्महत्या भन्ने कुरा स्पष्ट हुन सकेको छैन। पुलिसले दुवै सम्भावनालाई ध्यानमा राखी अनुसन्धान अघि बढ़ाइरहेको छ।
घटनास्थलबाट प्राप्त प्रमाणहरूको परीक्षण भइरहेको छ भने परिवारका सदस्य तथा अन्य व्यक्तिहरूसँग पनि सोधपुछ जारी रहेको पुलिसले जनाएको छ। पोस्टमार्टम प्रतिवेदन तथा वैज्ञानिक अनुसन्धानपछि मात्र मृत्युको वास्तविक कारण खुल्नसक्ने पुलिसले बताएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी