नूरपुरमा १०.१८ ग्राम हेरोइन सहित पठानकोटका युवक पक्राउ
नूरपुरमा १०.१८ ग्राम हेरोइन सहित पठानकोटका युवक पक्राउ


धर्मशाला, 0२ जुलाई (हि.स.)। नूरपुर पुलिसको सीआईए टोलीले लागूऔषध तस्कर विरुद्ध कारबाही गर्दै कण्डवाल मुख्य प्रवेशद्वारमा एक युवकको साथबाट १०.१८ ग्राम हेरोइन जफत गरेको छ। पुलिसले आरोपीलाई पक्राउ गरी उ विरुद्ध मुद्दा दर्ता गरेर थप कानूनी प्रक्रिया अघि बढ़ाएको छ।

लागूऔषध विरुद्ध सञ्चालन भइरहेको अभियान अन्तर्गत सीआईए नूरपुरको टोली कण्डवाल मुख्य प्रवेशद्वारमा तैनाथ थियो। नाकाबन्दीका क्रममा टोलीले पञ्जाबको एक युवकलाई जाँचको लागि रोक्यो। तलासीका क्रममा आरोपीदेखि १०.१८ ग्राम हेरोइन जफत भएको पुलिसले जानकारी गराएको छ।

पलिसले जफत गरिएको लागूऔषध तथा तस्करीमा प्रयोग भइरहेको मोटरसाइकल नम्बर पीबी ०६ बीए १६३६ समेत कब्जामा लिएको छ।

पक्रा परेको युवकको पहिचान राजा (२६) पिता जमाल सिंह, निवासी सराय मोहल्ला, गली नम्बर ४७, गान्धी चौक, पठानकोट (पञ्जाब) को रूपमा भएको छ। घटनासम्बन्धी नूरपुर पुलिस थानामा एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरी उलाई पक्राउ गरिएको छ।

नूरपुर पुलिसले घटनाबारे गहन अनुसन्धान गरिरहेको र यससँग सम्बन्धित अन्य व्यक्तिहरू तथा सञ्जालको खोजी भइरहेको जानकारी दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande