कुवामा भेटियो अज्ञात व्यक्तिको शव, क्षेत्रमा मचियो खैलाबैला
कुवामा भेटियो अज्ञात व्यक्तिको शव, क्षेत्रमा मचियो खैलाबैला


दुर्गापुर, 28 जून (हि.स.)। पश्चिम बर्धमान जिल्लाको दुर्गापुर-फरिदपुर ब्लकको बनसोल क्षेत्रमा अवस्थित एउटा कुवामा बिहीवार बिहान एकजना अज्ञात व्यक्तिको शव भेटिएको घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। शव कुवाभित्र कसरी पुग्यो? तथा ती व्यक्तिको मृत्यु कुन परिस्थितिमा भयो? जस्ता प्रश्नहरू उठिरहेका छन्। अर्कोतिर हत्या गरेर शवलाई कुवामा फालिएको आशङ्का पनि व्यक्त गरिँदैछ।

पुलिस तथा स्थानीय सूत्र अनुसार बिहीवार बिहान स्थानीय मानिसहरूले कुवाभित्र एकजना व्यक्तो शव तेरिरहेको देखे। यो कुरा फैलिनसाथ वरिपरीका मानिसहरूको भीड़ घटनास्थलमा एकत्र भयो। त्यसपछि दुर्गापुर-फरिदपुर थानाको पुलिसलाई सूचना दिइयो। यो समाचार लेख़ुञ्जेलसम्म मृतकको पहिचान खोलिन सकेको थिएन।

स्थानीय मानिसहरूको भनाइ छ, मृतक यस क्षेत्रका बासिन्दा होइन। त्यसैलेे उ यहाँ कसरी आइपुग्यो, रहस्य नै भएको छ।

पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि दुर्गापुर महकुमा अस्पतालमा पठाइदिएको छ। जाँच अधिकारीहरूको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै मृत्युको वास्तविक कारण पत्तो लाग्नेछ।

स्थानीय निवासी कालीचरण माझीले बताए, बिहान हामीले कुवामा शवलाई तैरिरहेको देखेर चकित पऱ्यौं। उ हाम्रो क्षेत्रको निवासी होइन। उ कहाँबाट यहाँ आयो र उसको मृत्यु ककसरी भयो, कुनै स्पष्ट हुन सकेको छैन। पुलिसले मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande