
गुवाहाटी, 02 जुलाई, (हि.स.)। गुवाहाटीमा लगभग 100 करोड़ रुपियाँका जाली नोटहरूको विराट नेटवर्क सक्रिय रहेको दाबी गरिएको छ। नक्कली नोटहरूसितै पक्रा पर्ने आरोपीले मीडिया समक्ष आज बतायो, यो गिरोहले सङ्गठित रूपमा शहरका विभिन्न क्षेत्रहरूमा नक्कली नोटहरूको सप्लाई गरिरहेको छ।
आरोपीले भन्यो, जाली नोट लखिमपुर जिल्लाको बङ्गालमारा क्षेत्रदेखि गुवाहाटीमा ल्याइन्छ जहाँबाट त्यसलाई शहरका विभिन्न भागहरूमा पठाइन्छ। आरोपी अनुसार यस कथित नेटवर्कको सञ्चालन साहिल उपमान इस्माइल अली र उसकी पत्नी सुमीको नेतृत्वमा भइरहेको छ। यी दुई पति-पत्नीमाथि जाली नोटहरूको परिवहन अनि वितरण गरेको आरोप लगाइएको छ।
यो पनि आरोप छ, यी दुईले गुवाहाटीको आईएसबीटी-काटाबाड़ी क्षेत्रमा बसेर यस अवैध व्यापारलाई सञ्चालन गरिरहेका छन्। तथापि यस मामिलामा पुलिसको पक्षबाट अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरिएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा