गुवाहाटीमा जाली नोटहरूको कारबार जारी, 10 लाखको नक्कली नोट जफत
गुवाहाटीमा जाली नोटहरूको कारबार जारी, 10 लाखको नक्कली नोट जफत


गुवाहाटी, 02 जुलाई (हि.स.)। गुवाहाटीमा जाली भारतीय मुद्राको व्यापार विरोधी कारबाहीमा पुलिसलाई ठूलो सफलता हात लागेको छ। पुलिसले आज बतायो, शहरका विभिन्न क्षेत्रहरूमा सञ्चालित अभियानमा लगभग 10 लाख रुपियाँको नक्कली नोट जफत गरियो भने यस मामिलामा चार जना तस्करहरूलाई पक्राउ गरियो।

पुलिसले बतायो, कामाख्या रेलवे जङ्क्शनमा झारखण्डको पाकुड़ जिल्ला निवासी दयाल दास र गोलाब शेखलाई जाली नोटहरू सहित पक्राउ गरियो। जाँचबुझमा थाहा लाग्यो, यी दुईले नक्कली नोटहरू गुवाहाटीको राजगढ़ क्षेत्रमा कुनै अज्ञात व्यक्तिबाट प्राप्त गरेका थिए जसलाई यिनीहरूले झारखण्ड लैजाने योजना बनाइरहेका थिए।

पुलिस अनुसार शहरका विभिन्न भागहरूमा सञ्चालित अन्य अभियानहरूमा पनि प्रचुर मात्रामा जाली नोटहरूलाई जफत गरिएको छ। समग्रमा लगभग 10 लाख रुपियाँको नक्कली नोट जफत गरिएको छ भने चार जनालाई पक्राउ गरिएको छ। मामिलाको जाँच जारी छ तथा जाली नोटहरूको सम्पूर्ण नेटवर्कको पत्तो लगाउने प्रयास गरिँदैछ।

उल्लेखनीय छ, गए बुधवार पनि 13 लाख रुपियाँभन्दा अधिकको जाली नोटसितै तीन जना मानिसहरूलाई गुवाहाटीबाट पक्राउ गरिएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande