फर्नीचर गोदाममा भयानक आगलागी, करोड़ौंको नोक्सान
फर्नीचर गोदाममा भयानक आगलागी, करोड़ौंको नोक्सान


सिलगढ़ी, 02 जुलाई (हि.स.)। डाबग्राम-1 अधिनस्थ खोलाचन्द फापरी क्षेत्रमा बिहीवार अपरान्ह एउटा फर्नीचर गोदाममा भयानक आगो लाग्यो। द्रूत गतिमा फैलिएको आगोले हेर्दा-हेर्दै सम्पूर्ण गोदामलाई आफ्नो चपेटमा लियो। यस आगलागीमा करोड़ौं रुपियाँको नोक्सान भएको छ।

भनिन्छ, गोदामभित्रबाट अचानक आगो ह्वार-ह्वारती बलेको देखेर कर्मचारीहरूमा कोकोहोलो मचियो। कर्मचारीहरूले हतार-हतार दमकल विभागलाई सूचना दिए, तर दमकल आइपुग्दा-नपुग्दा आगोले विकराल रूप धारण गरिसकेको थियो। घटनाको सूचना पाएर तीन वटा दमकल घटनास्थलमा आइपुगे। दमकलकर्मीहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रण गरे। तथापि आगोले गोदामभित्र प्रचुर मात्रामा राखिएका फर्नीचर तथा अन्य सामग्रीहरूलाई पूर्ण रूपले नष्ट गरिदिएको छ। यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको सूचना भने प्राप्त भएको छैन। हाल आगलागीको कारणले शर्ट सर्किट मानिँदैछ। दमकल विभाग अनि स्थानीय प्रशासन सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande