
इम्फाल, 02 जुलाई (हि.स.)। मणिपुरमा बितेको 24 घण्टामा सुरक्षा बल एवं पुलिसले अलग-अलग अभियानहरू सञ्चालन गरी लगभग दुई किलोग्राम हेरोइन नम्बर-4 जफत गरेको छ। यस मामिलामा दुई जना कथित तस्करहरूलाई पक्राउ गरिएको छ। यस अतिरिक्त पीएलए र एनआरएफएमसेित जोड़िएका दुई उग्रवादीहरूलाई पनि पक्राउ गरिएको छ।
मणिपुर पुलिस मुख्यालयबाट प्राप्त जानकारी अनुसार सुरक्षा बलहरूले गए बुधवार पेरोमपट क्षेत्रमा एउटा चार चक्के वाहनलाई रोकेर जाँच गऱ्यो जसावधि वाहनबाट 168 वटा साबुनदानीहरूमा लुकाए राखिएको लगभग दुई किलोग्राम संदिग्ध हेरोइन नम्बर-4 लाई जफत गरियो। यस मामिलामा काङ्गपोकपी जिल्लाको तुइलाङ्गफाई निवासी बिज्ञान बनिया (21) तथा नागाल्याण्डको कोहिमा निवासी मनोज छेत्री (27)-लाई पक्राउ गरियो।
यसरी नै मणिपुर पुलिसले बुधवार इम्फाल पश्चिम जिल्लाको पातसोई थाना अधिनस्थ तौबुङ्गखोक क्षेत्रबाट पीएलएका उग्रवादी ओइनाम कलाजीत उपनाम याइखोम्बा सिंह (55)-लाई पक्राउ गऱ्यो। पुलिसानुसार आरोपी धन उपार्जनसँगसँगै हतियार तथा गोला बारूदको ढुवानीमा पनि सामेल थियो।
अर्को अभियानमा सुरक्षा बलहरूले इम्फाल पश्चिम जिल्लाको पातसोई थाना अन्तर्गत सगोलतोङ्गबा माखा लेइकाईबाट एनआरएफएमका उग्रवादी साइरेम बोलेक्स सिंह उपनाम पामेल (26)-लाई पक्राउ गरे। पामेल धन आर्जन जस्तो गतिविधिमा सामेल रहेको बताइएको छ।
पुलिसले बतायो, सबै मामिलामा अग्रिम जाँच भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा