अवैध पशु तस्करी असफल, एक तस्कर पक्राउ
अवैध पशु तस्करी असफल, एक तस्कर पक्राउ


सिलगड़ी, 0२ जुलाई (हि.स.)। फाँसीदेवाको मुरालिगञ्ज चेकपोस्टमा पुलिसले एउटा कन्टेनर रोकी त्यसमा रहेका २० वटा गाई कब्जामा लिएको छ। यस घटनामा एक जना कथित तस्करलाई पक्राउ गरिएको छ। पक्रा पर्ने व्यक्तिको नाम पुरुषोत्तम कुमार रहेको छ।

प्राप्त जानकारी अनुसार, कोलकाताबाट सिलगड़ीतर्फ आउँदै गरेको कन्टेनर २७ नम्बर राष्ट्रिय राजमार्ग हुँदै मुरालिगञ्ज प्रवेश गर्ने क्रममा विधाननगर जाँच केन्द्रका पुलिसले बिहिवार बिहानै शंकास्पद देखिएपछि रोकेको थियो। कन्टेनरको जाँच गर्दा त्यसमा ठूलो संख्यामा गाईहरू फेला परे।

पुलिसले चालकसँग आवश्यक वैध कागजात माग्दा उसले कुनै पनि सन्तोषजनक कागजात प्रस्तुत गर्न सकेन। त्यसपछि पुलिसले २० वटा गाई र कन्टेनर कब्जामा लियो। साथै कन्टेनर चालक पुरुषोत्तम कुमारलाई पक्राउ गरिएको छ।

पक्रा परेका आरोपीलाई बिहिवार सिलगड़ी महकुमा अदालतमा पेश गरिएको छ। हाल फाँसीदेवाको विधाननगर जाँच केन्द्रका पुलिसले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande