पश्चिम बङ्गालजस्तो लोकतन्त्र कुनै पनि भाजपा शासित राज्यमा छैन : सायनी घोष
लङभ्यु चिया बगानको विषयमाथि सम्पन्न बैठकमा कुनै निचोड निस्कन सकेन


खरसाङ, 02 जुलाई (हि.स.)। खरसाङको लङ्भ्यु चिया बगानको विषयमाथि कुनै निचोड निस्कन सकेन्। विगत धेरै दिन अघिदेखि लङ्भ्यु चिया बगानका श्रमिकहरू अनशनमा बसेका छन्।

यी सबै विषयहरूलाई ध्यानमा राख्दै आज राज्यको श्रम विभागले सिलगढीको सकिर्ट हाउसमा बैठक डाकेको थियो। उक्त बैठकमा राज्यको श्रम विभागीय अधिकारीहरू, लङ्भ्यु चिया बगानका मालिक गोविन गर्ग, श्रमिक संगठनहरूका नेतृत्व साथै लङ्भ्यु चिया बगानका श्रमिकहरू उपस्थित रहेको थियो। दिउँसोको १ बजीदेखि शुरू भएको बैठक साँढे ५ बजीसम्म निरन्तर जारी रहयो, तर मालिक पक्षले श्रमिकहरूको पीएफको राशि अहिले नै भूक्तान गर्न नसक्ने आफ्नो पक्ष राखेपछि बैठक विफल भएको थाहा लागेको छ। उक्त जानकारी हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रिय अध्यक्ष डीके गुरूङले दिए।

पीएफ, ग्रेच्युटी अविलम्ब भूक्तान गर्नु पर्ने, श्रमिकहरूको रोजी तलब भूक्तान गर्नु पर्ने आदि जस्ता मागहरू लिएर लङ्भ्यु चिया बगानका श्रमिकहरू विगत धेरै दिन अघिदेखि अनशनमा बसेका छन्। लङ्भ्यु चिया बगानको अवस्थालाई ध्यानमा राख्दै आज राज्यको श्रम विभागले सिलगढीको सर्किट हाउसमा बैठक डाकेको थियो। बैठकमा लङ्भ्यु चिया बगानका श्रमिकहरूले पीएफको राशि अविलम्ब भूक्तान गर्नु पर्ने माग राखे। त्यसरी नै ग्रेच्युटी, श्रमिकहरूले पाउनु पर्ने रोजी, तलब आदि जस्ता विषयहरूमाथि बैठकको मुख्य विषय रहेको थियो। मालिक पक्षले श्रमिकहरूको पीएफको राशि अहिलेनै भूक्तान गर्न नसक्ने बताएपछि बैठक विफल भएको अध्यक्ष गुरूङले बताए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande