महुआ मोइत्रामाथि भएको हमलाको माकपा नेता विकास रञ्जन भट्टचार्यले गरे निन्दा
MAHUA MOITRA


कोलकाता, 02 जुलाई (हि.स.)। तृणमूल कङ्ग्रेसकी लोकसभा सदस्य महुआ मोइत्रामाथि पुलिसको उपस्थितिमा भीड़द्वारा अण्डा तथा गोबर फालिएको घटनापछि उनलाई एक अप्रत्याशित समर्थन राज्यको प्रमुख विपक्षी पार्टी माकपाका वरिष्ठ नेताबाट प्राप्त भएको छ।

माकपाका वरिष्ठ नेता, पूर्व राज्यसभा सदस्य औ वरिष्ठ अधिवक्ता विकास रञ्जन भट्टाचार्यले सोशल मीडिया पोस्ट जारी गरी यस हमलाको कड़ा निन्दा गरेका छन्। उनले भने, महुआ मोइत्रा उनकी राजनीतिक प्रतिद्वन्द्वी हुनसक्छ, तर लोकतान्त्रिक व्यवस्थामा यस किसिमको हमला कुनै पनि स्थितिमा स्वीकार्य छैन।

विकास रञ्जन भट्टाचार्यले आफ्नो सोशल मीडिया पोस्टमा लेखे, “महुआ मोइत्रा मेरी राजनीतिक प्रतिद्वन्द्वी हुनसक्छन्, तर अन्ततः उनी एकजना निर्वाचित लोकसभा सदस्य हुन्। मेरो जानकारी अनुसार उनीविरूद्ध बलजफ्ती असुली वा भ्रष्टाचारको कुनै सिकायत छैन। गए बुधवार जसरी उनलाई अपमानित गरियो, त्यो एक सभ्य तथा लोकतान्त्रिक समाजको लागि लज्जाको कुरा हो। एक सभ्य समाजको हरेक व्यक्तिले यस किसिमको बर्बरताविरूद्ध उठाउनु पर्छ।”

यो घटना गए बुधवार अपरान्ह त्यसबेला भएको हो जतिबेला कृष्णानगर क्षेत्रबाट सांसद महुआ मोइत्राले नदिया जिल्लाको कालीगञ्जमा राष्ट्रिय राजमार्ग-34 को किनारमा अवस्थित तृणमूल कङ्ग्रेसको कार्यालयमा पार्टीको आन्तरिक बैठक गरिरहेकी थिइन्।

यता तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव औ पार्टीका लोकसभा सदस्य अभिषेक ब्यानर्जीले पनि सोशल मीडियामा लामो पोस्ट गरी आफ्ना संसदीय सहयोगीमाथि भएको हमलाको निन्दा गरे। अभिषेक ब्यानर्जीले यस हमलाको पछाड़ि भाजपाको हात रहेको आरोप समेत लगाए।

भाजपाका प्रदेश अध्यक्ष औ राज्यसभा सदस्य शमिक भट्टाचार्यले यस घटनामा पार्टीको कुनै पनि भूमिकादेखि अस्वीकार गरेका छन्। उनले भने, यस घटनाको पछाड़ि तृणमूल कङ्ग्रेसका असन्तुष्ट कार्यकर्ताहरू सामेल थिए।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande