
पश्चिम बर्दवान, 02 जुलाई (हि.स.)। एकातिर पश्चिम बङ्गालमा बालुवाको व्यापक अभावको कारणले सर्वसाधारण मानिसहरूले घर बनाउनको लागि बालुवा पाइरहेका छैनन् भने अर्कोतिर बङ्गाल-झारखण्ड सीमामा भिन्नै तस्वीर देख्न पाइएको छ। झारखण्डको म्याथन आउट पोस्ट थाना अन्तर्गत डुबुरडीही पुलको मुनि बराकर नदीको प्राकृतिक प्रवाह बदलेर खुल्ला रूपमा अवैध बालुवा खनन औ तस्करीको व्यापार भइरहेको छ।
राष्ट्रिय हरित अधिकरण (एनजीटी) -को स्पष्ट निर्देश अनुसार अहिलेघरि नदीबाट बालुवा खननमाथि पूर्ण रूपले प्रतिबन्ध छ। तथापि नियमहरूको खुल्ला उल्लङ्घन गर्दै बालुवा माफिया यस सीमावर्ती क्षेत्रमा सक्रिय भएको छ।
स्थानीय मानिसहरू अनुसार खननलाई सहज बनाउनको लागि बराकर नदीको प्राकृतिक प्रवाहसम्मलाई परिवर्तन गरिएको छ। त्यसपछि दिउँदै ठूलो सङ्ख्यामा ट्र्याक्टरलाई नदीमा उतारेर कुनै वैध चालान बिनै वा सरकारी अनुमति बिनै नदीबाटा बालुवा निकालिन्छ। यहाँको बालुवालाई ट्र्याक्टरको माध्यमबाट झारखण्डका विभिन्न क्षेत्रमा पुऱ्याइँदैछ।
स्थानीय मानिसहरूको प्रश्न छ, जहाँ यो अवैध गतिविधि भइरहेको छ, त्यहांदेखि केही टाड़ामा म्याथन पुलिस आउटपोस्ट र अनुमण्डल पुलिस पदाधिकारी (एसडीपीओ)-को कार्यालय अवस्थित छ। तथापि लामो समयदेखिकै यो कथित अवैध व्यापार हुँदै आएकोले स्थानीय मानिसहरूमा व्यापक असन्तुष्टि व्याप्त भएको छ।
स्थानीय मानिसहरूको प्रश्न छ, पुलिस र प्रशासनिक कार्यालयको यति नजिकबाट अनुमति बिनै यस्तो व्यापक रूपमा बालुवा तस्करी हुनु आखिर कसरी सम्भव हुँदै आएको छ? मानिसहरूको आरोप छ, कानूनको परवाह नगरी नदीलाई नोक्सान पुऱ्याइरहेको छ।
-
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा