डुमडुमामा पुलिसको कारबाही, 74 वटा गाई-गोरू तथा दुई वटा वाहन जफत
डुमडुमामा पुलिसको कारबाही, 74 वटा गाई-गोरू तथा दुई वटा वाहन जफत


तिनसुकिया (असम), 02 जुलाई (हि.स.)। तिनसुकिया जिल्लाको डुमडुमामा पुलिसले विशेष अभियान सञ्चालन गरी लगभग 74 वटा गाई-गोरूहरूलाई जफत गरियो। यस कारबाहीमा गाई-गोरूहरूको परिवहनमा प्रयुक्त दुई वटा वाहनहरूलाई पनि पुलिसले आफ्नो कब्जामा लियो।

पुलिस अनुसार एएस-23डीसी-6368 औ एएस-01एससी-2586 नम्बरधारी दुई वटा वाहनहरूमा यी गाई-गोरूहरूलाई लादेर लगिंदैथ्यो। अभियानको क्रममा दुवै वाहनलाई रोकेर गाई-गोरूहरूलाई जफत गरियो। जफत गरिएका यी पशुहरूलाई हाल डुमडुमा नगर सार्वजनिक खेल मैदानमा राखिएको छ। मामिलाको सम्बन्धमा पुलिसले तीन जना मानिसहरूलाई हिरासतमा लिएर जाँचबुझ गर्न शुरू गरेकोछ। मामिलाको अनुसन्धान भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande