अवैध होर्डिङ्ग विरूद्ध सिलगढ़ी नगरनिगमको अभियान
अवैध होर्डिङ्ग विरूद्ध सिलगढ़ी नगरनिगमको अभियान


सिलगढ़ी, 02 जुलाई (हि.स.)। सिलगढ़ी नगरनिगमले शहरमा अवैध होर्डिङ्गसविरूद्ध बिहीवार कड़ा अभियान शुरू गरिएको छ। शहरका विभिन्न पसल, शपिम मल एवं व्यवसायिक प्रतिष्ठानहरूको अगाड़ी सड़क तथा फुटपाठमा कब्जा गरी अनुमति नलिई लगाइएका केही होर्डिङ्ग्सलाई निकालिँदैछ।

यी अवैध होर्डिङ्ग्सको कारणले एकातिर सर्वसाधारण मानिसहरूलाई ओहोर-दोहोर गर्न अप्ठ्यारो भइरहेको थियो भने अर्कोतिर नगरनिगमलाई लाखौं रुपियाँको राजस्वको नोक्सान पनि उठाउन परिरहेको थियो। बिहीवार सिलगढ़ीको सेवक रोडमा विशेष अभियान सञ्चालन गरियो जसान्तर्गत केही अवैध ठूल्ठूला होर्डिङ्ग्सलाई निकालियो।

निगमका कर्मचारीहरूले ग्यास कटरको सहयोगले फलामका विराट ढाँचाहरूलाई काटेर हटाए। नगरनिगमको सूत्र मुताविक अनुमति बिनै सड़क एवं फुटपाथमा कुनै पनि प्रकारको विज्ञापन वा साइन बोर्ड लगाउनु पूर्ण रूपमा प्रतिबन्ध छ। नियमहरूको उल्लङ्घन गर्नेहरू विरूद्ध कानूनी कारबाही गरिनेछ। निगमले यो पनि स्पष्ट पारेको छ, यो अभियान सेवक रोडसम्म मात्र सीमित रहनेछैन। आगामी दिनमा सिलगढ़ीका अन्य क्षेत्रहरूमा पनि लगायात यस किसिको कारबाही गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande