
कोलकाता, 02 जुलाई (हि.स.)। बिहीवार जीवनतला बजार क्षेत्रमा भिन्नै दृश्य देख्न पाइयो। शौकत मोल्लालाई पुलिसले सड़कमा पैदल हिँड़ाइरहेको थियो भने अर्कोतिर ब्याकग्राउण्डमा ‘माछो चोर’ गीत बजिरहेको थियो। शौकत मोल्लाको अनुहार नियास्रिएको थियो भने तिनलाई चारैतिरबाट पुलिसले घेरेर राखेको थियो। जुन सड़कमा अहिलेसम्म शौकत पूर्ण ठाँटबाँठको साथमा हिँड़्थे आज त्यहीँ सड़कमा उनलाई पुलिसस़ित हिँड़िरहेको देखियो।
अपरान्ह पुलिसले शौकत मोल्लालाी सड़कमा हिँड़ाइरहेको समय जीवनतला बजारमा मानिसहरूको खचाखच भीड़ थियो। शौकतको प्रभाव देख्दै आएका मानिसहरूले आज सत्ताको संरक्षण हट्नसाथ सबै प्रभाव फिका भएको देखिरहेका थिए। यसै क्षेत्रमा अवस्थित बीडीओ कार्यालयमा शौकतको पञ्चायत समितिको कार्यालय हुन्थ्यो।
बिहीवार शौकत मोल्ला बीडीओ कार्यालय अगाड़िबाट गुज्रिरहेको समय अचानक उनले माथितिर हेरे, कसैलाई देखेर उनले हात पनि हल्लाए। क्यानिङ्ग पूर्वका पूर्व विधायक शौकत मोल्लाकी छोरी पनि त्यहाँ पुगेकी थिइन्।
राष्ट्रिय जाँच एजेन्सी (एनआईए)-ले शौकत मोल्लालाई पक्राउ गरेको थियो। त्यसपछि दुष्कर्म, असुली एवं धम्की दिएको आरोपमा जीवनतला थाना पुलिसले उनलाई आफ्नो हिरासतमा लियो। बिहीवार पुलिसले उनलाई लिएर हिँड़िरहेको बेला भीड़बाट केही मानिसहरूले ‘चोर-चोर’ भन्दै चिच्याइरहेका थिए भने कसैले उनीमाथि जुत्ता फाले।
यस अवधि ब्याकग्राउण्डमा लगातार गीत बजिरहेको थियो — ‘माछा चोर, माछा चोर, शौकत माछा चोर...।’
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा