सियालदहबाट 102 ग्राम हेरोइनसितै एकजना तस्कर पक्राउ, एसटीएफले गरिरहेको छ जाँच
सियालदहबाट 102 ग्राम हेरोइनसितै एकजना तस्कर पक्राउ, एसटीएफले गरिरहेको छ जाँच


कोलकाता, 02 जुलाई (हि.स.)। कोलकाता पुलिसको विशेष कार्यबल (एसटीएफ)-ले मादक पदार्थहरूको तस्करी विरोधी अभियान अन्तर्गत सिलायदह क्षेत्रबाट एकजना व्यक्तिलाई 102 ग्राम हेरोइनसितै पक्राउ गरेको छ।

एसटीएफद्वारा जारी बयान अनुसार पक्रा पर्ने आरोपीको पहिचान नदिया जिल्लाको तेहट्टा थाना क्षेत्रस्थित देबान्तपुर गाउँ निवासी तरित मजुमदार (52)को रूपमा भएको छ जसलाई एन्टाली थाना क्षेत्रको सियालतह क्षेत्रबाट पक्राउ गरिएको हो।

एसटीएफले बिहीवार एक बयान जारी गरी बताएको छ, जाँच अवधि आरोपीको कब्जाबाट 102 ग्राम हेरोइन जफत गरियो। त्यसपछि मादक पदार्थसितै आरोपीलाई हिरासतमा लिइयो।

यस सम्बन्धमा एसटीएफ थानामा मामिला दर्ता गरिएको छ।

एसटीएफले बतायो, मामिलाको जाँच भइरहेको छ। जाँच अधिकारीहरूले यो पत्तो लगाउने प्रयास गरिरहेका छन् कि जफत गरिएको हेरोइन कहाँबाट ल्याइएको थियो र यसलाई कहाँ पुऱ्याउनु थियो। साथै यस तस्करी नेटवर्कसित जोड़िएका अन्य मानिसहरूको भूमिकाको पनि जाँच गरिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande