
सिलगढ़ी, 02 जुलाई (हि. स.)। लगातार परिरहेको पानीले गर्दा पहाड़को हरियाली अझ निखारिँदैछ। मानौं प्रकृति नयाँ रूपमा सजिएको छ। यस्तो मौसममा टोय ट्रेन मार्फत दार्जीलिङको यात्रा गर्नुको आनन्द भिन्नै हुन्छ। तर अहिलेघरि पर्यटकहरूलाई निराश हुन परिरहेको छ। न्यू जलपाईगुड़ी (एनजेपी)-देखि दार्जीलिङबीच चल्ने टोय ट्रेनको सेवा थप दश दिनसम्म बन्द रहनेछ। यद्यपि टोय ट्रेनको ट्र्याकको मरम्मत कार्य पूरा भए पनि पैह्रोले क्षतिग्रस्त सड़कको मरम्मत हुन बाँकी नै छ। त्यसैले सुरक्षालाई ध्यानमा राखेर दार्जीलिङ हिमालयन रेलवे (डीएचआर)-ले सेवालाई बन्द राख्ने फसेला लिएको छ।
डीएचआरका निदेशक ऋषभ चौधरी अनुसार नेशनल हाइवे एण्ड इन्फ्रास्ट्रक्चर डेभलपमेंट कर्पोरेशन लिमिटेड (एनएचआईडीसीएल)- द्वारा सड़क मरम्मतका काम हाल पूरा गरिएको छैन। सड़क पूर्ण रूपले सुरक्षित भएपछि मात्र टोय ट्रेनको सेवालाई पुनः शुरू गरिनेछ।
उल्लेखनीय छ, गए जूनको तेस्रो हप्तामा महानदी क्षेत्रमा पैह्रो गएको थियो जसको चपेटमा परेर टोय ट्रेनको लगभग पाँच फुट ट्र्याक क्षतिग्रस्त भएको थियो। यसको साथै ट्र्याकको छेउमा सड़क पूर्ण रूपले प्रभावित भएको थियो। त्यसपछि तत्कालै एनजेपी-दार्जीलिङ रूटमा टोय ट्रेनको सेवालाई रोकिएको थियो। ट्र्याकको मरम्मत कार्य पूरा भइसकेको छ, तर सड़कको काम अहिले पनि भइरहेको छ। यो पूरा हुन अझ दस दिन लाग्नसक्छ। त्यसपछि मात्र यस रूटमा टोय ट्रेन फेरि चल्नेछ।
यता पछिल्लो लामो समयदेखिको सेवा बन्द रहेको कारणले पर्यटकहरू धेरै निराश भएका छन्। केही मानिसहरू टाड़ा-टाड़ाबाट आएर टोय ट्रेन मार्पत यात्रा गर्नो योजना बनाउँछन्, तर अन्तिम समयमा उनीहरूलाई आफ्नो योजना रद्द गर्नु पर्छ। यस स्थितिलाई मध्यनजर गर्दै डीएचआरले अग्रिम बुकिङ्गको पैसा फिर्ता गर्न शुरू गरेको छ।
डीएचआर इण्डिया सपोर्ट ग्रुपका महासचिव राज बसुले भने, पैह्रोको कारणले एउटा लुप पहिलाबाटै बन्द छ। त्यसैले भविष्यमा यस किसिमको समस्यादेखि बच्नको लागि प्रत्येक वर्ष एक निश्चित समयमा रखरखाउको लागि सेवालाई बन्द गर्ने बनाउनुपर्छ ताकि पर्यटकहरूलाई समस्या नहोस्।
यसबीच डीएचआरले एक अधिसूचना जारी गरी सिलगढ़ी जङ्क्शनदेखि तीनधारे जङ्गल सफारीको समयमा फेरबदल गरेको छ। नयाँ समय अनुसार ट्रेन अपरान्ह 12 बजे सिलगढ़ी जङ्क्शनदेखि प्रस्थान हुनेछ अनि तीनधारे हुँदै साँझ 5:55 बजे सिलगढ़ी जङ्क्शनमा फर्किनेछ।
---------------
हिन्दुस्थान समाचार / बिशाल