५० हजार रुपियाँ इनामी अपराधी पुलिस भिडन्तमा मारियो, दुई पुलिस घाइते
५० हजार रुपियाँ इनामी अपराधी पुलिस भिडन्तमा मारियो, दुई पुलिस घाइते


बदायूँ, 0२ जुलाई (हि. स.)। उत्तर प्रदेशको बदायूँ जिल्लामा बुधवार राति सिभिल लाइन थाना पुलिस र एक अपराधीबीच भिडन्त भएको छ। यस क्रममा पुलिसको गोली लागेर अपराधीको मृत्यु भएको छ भने दुई जना पुलिसकर्मी घाइते भएका छन्।

घाइते पुलिसकर्मीहरूलाई उपचारका लागि अस्पतालमा भर्ती गरिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

वरिष्ठ पुलिफ अधीक्षक (एसएसपी) अंकिता शर्मा अनुसार, बुधवार राति जिल्लाभरि सघन जाँच अभियान सञ्चालन भइरहेको थियो। सिभिल लाइन पुलिस टोलीले जाँचका क्रममा एक शंकास्पद युवकलाई रोक्ने प्रयास गर्दा उसले पुलिसमाथि गोली चलाएको थियो। गोली लागेर दुई पुलिसकर्मी घाइते भए। त्यसपछि पुलिसले आत्मरक्षामा गोली चलाउँदा उक्त अपराधी घाइते भयो।

पुलिसले तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल पुर्यायो। उपचारका क्रममा चिकित्सकहरूले अपराधीलाई मृत घोषणा गरे भने घाइते पुलिसकर्मीहरूको उपचार जारी रहेको छ।

एसएसपी शर्माले भिड़न्तमा मारिएको अपराधीको पहिचान सम्भल जिल्लाको बनियाठेर निवासी ३५ वर्षीय जितेन्द्र उर्फ ढालूको रूपमा भएको जानकारी दिइन्। अपराधी इस्लामनगर थाना क्षेत्रमा भएको डकैती घटनामा वाञ्छित थियो। बरेलीका डीआईजीद्वारा उमाथि ५० हजार रुपियाँ इनाम घोषणा गरिएको थियो।

अपराधी विरुद्ध नोएडा, अमरोहा लगायत विभिन्न जिल्लाहरूमा लुटपाट, डकैती तथा अन्य गम्भीर अपराध सम्बन्धी १२ भन्दा बढ़ी मुद्दा दर्ता रहेको पुलिसले जनाएको छ। उदेखि एक सेमी-अटोमेटिक पेस्तोल, ठूलो परिमाणमा कारतुस तथा केही गहना जफत गरिएको छ। घटनाबारे थप कानूनी प्रक्रिया अगाड़ी बढ़ाइएको पुलिसले जानकारी दिएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande