
कोलकाता, 02 जुलाई (हि.स.)। तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव औ लोकसभा सांसद अभिषेक ब्यानर्जीविरूद्ध मोटर वाहन अधिनियम, 1988 को कथित उल्लङ्घन गरेको आरोपमा कोलकाताको कालीघाट थानामा प्राथमिकी दर्ता गरिएको छ। बिहीवार पुलिसले यस आशयको पुष्टि गऱ्यो।
पुलिस अनुसार बागुईआटी निवासी राजीव सरकारको सिकायतको आधारमा यो मामिला दर्ता गरिएको हो।
सिकायतमा आरोप लगाइएको छ, अभिषेक ब्यानर्जीको सुरक्षाकर्मीले उनको वाहन हाँक्दा फुटरेस्टमा उभिएर यात्रा गर्दछन् जसबाट सड़क सुरक्षा नियमहरूको उल्लङ्घन हुन्छ भने अन्य मानिसहरूको जीवनलाई खोजिम उत्पन्न गर्छ।
सिकायतकर्ताले भनेका छन्, मोटर वाहन अधिनियमको धारा 123 अनुसार गुड़िरहेको वाहनमा झुण्डिएर यात्रा गर्नु प्रतिबन्धित छ जबकि धारा 184 अन्तर्गत खतरनाक ढङ्गमा वाहन हाँक्नु दण्डनी अपराध हो। यसै आधारमा उनले अभिषेक ब्यानर्जीविरूद्ध उचित कानूनी कारबाहीको माग गरेका हुन्।
पुलिसले यस मामिलामा भारतीय न्याय संहिताको धारा 281 (लापरवाही अथवा उताउलो भएर वाहन हाँक्दै मानव जीवनलाई जोखिममा पार्नु), धारा 125, धारा 223, धारा 3(5) तथा मोटर वाहन अधिनियम, 1988- को सन्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरेको छ।
उल्लेख्य, अभिषेक ब्यानर्जी पहिलाबाटै विभिन्न मामिलाहरूमा जाँच एजेन्सीको घेराभित्र परेका छन्। उनीमाथि भ्रष्टाचारसित सम्बन्धित मामिलामा ईडी तथा सीबीआईले जाँच शुरू गरिसकेको छ। यस अतिरिक्त हस्ताक्षर विसङ्गति प्रकरण औ 4 मईपछि डीजे बज्नेछ सम्बन्धि कथित टिप्पणीलाई लिएर पनि अभिषेक विवादमा परेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा