बङ्गालको खाड़ीमा निम्न दबाव विकसित भइरहेको छ, 4-देखि 8 जुलाईसम्म दक्षिण बङ्गालमा घना वर्षा हुने चेताउनी
बङ्गालको खाड़ीमा निम्न दबाव विकसित भइरहेको छ, 4-देखि 8 जुलाईसम्म दक्षिण बङ्गालमा घना वर्षा हुने चेताउनी


कोलकाता, 02 जुलाई (हि. स.)। मौसम विभागले दक्षिण बङ्गालको लागि आगामी केही दिनसम्म भारीभन्दा भारी वर्षा हुने चेताउनी जारी गरेको छ। विभाग अनुसार तीन जुलाईमा बङ्गालको खाड़ीमा एक मजबुत निम्न दबावको क्षेत्र विकसित हुने सम्भावना छ जसको प्रभावले आगामी 4-देखि 8 जुलाईसम्म व्यापक वर्षा, हुन्डरी तथा वज्रपात हुनसक्छ। तटीय जिल्लाहरूको लागि विशेष सतर्कता जारी गरिएको छ भने समुद्रमा अग्ला-अग्ला छालहरू उठ्नसक्ने आशङ्कालाई मध्यनजर गर्दै मछुआराहरूलाई सतर्कता अप्नाउने सल्लाह दिइएको छ।

बिहिवार बिहानदेखिको कोलकाताको आकाश आंशिक रूपमा बादलले ढाकिरहनेछ। शहरमा बिहीवार अनि शुक्रवार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। मौसम विभागले बतायो, हाल मौसममा कुनै ठूलो बदलाउ आउने सम्भावना छैन। शहरको लागि घना वर्षाको अरेञ्ज अलर्ट जारी गरिएको छ।

बिहीवार कोलकाताको न्यूनतम तापमान 27.3 डिग्री सेल्सियस दर्ता गरिय जुन सामान्यभन्दा 0.6 डिग्री सेल्सियस अधिक हो। अधिकतम तापमान 31.1 डिग्री सेल्सियस रहने अनुमान लगाइएको छ जुन सामान्यभन्दा 1.5 डिग्री सेल्सियस कम हो।

मौसम विभाग अनुसार बिहिवार अनि शुक्रवार दक्षिण बङ्गालमा वर्षाको तीव्रता अपेक्षाकृत कम रहनेछ जसबाट आद्रता कायम रहनसक्छ।तथापि सप्ताहन्तदेखि निम्न दबावको प्रभावले मौसम द्रूत गतिमा परिवर्तन हुनेछ। गङ्गाको मैदानी दक्षिण बङ्गालका केही जिल्लाहरूमा अतिघना वर्षासितै तीव्र हावा अनि वज्रवात पर्ने सम्भावना छ।

उत्तर बङ्गालको लागि हाल कुनै विशेषमौसम चेताउनीको घोषणा गरिएको छैन। मौसम विभागानुसार क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सिलसिला जारी रहनेछ, तर हाल कुनै ठूलो मौसमीय खतरा आइलाग्ने आशङ्का छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande