सिलचरमा लभ जिहाद मामिलामा युवक पक्राउ, पहिचान लुकाएर हिन्दू किशोरीसित सम्बन्ध बनाइयो
सिलचरमा लभ जिहाद मामिलामा युवक पक्राउ, पहिचान लुकाएर हिन्दू किशोरीसित सम्बन्ध बनाइयो


कछार (असम), 02 जुलाई (हि.स.)। सिलचर पुलिसले गोल्डीघी मॉल क्षेत्रको सिनेमा हलमा एकजना नाबालिकासित पाइएको एकजना युवकलाई पक्राउ गऱ्यो।

पुलिसद्वारा आज दिइएको जानकारी अनुसार युवकले आफ्नो धार्मिक पहिचानलाई लुकाएर आफूलाई हिन्दू बताउँदै नाबालिकासित पछिल्लो लामो समयदेखिकै सम्बन्ध राख्दै आएको थियो। पक्रा पर्ने युवकको पहिचान सुजय बरूवा (बरभुइयाँ)-को रूपमा भएको छ जो दूधपाटिल क्षेत्रका निवासी हुन्।

बजरङ्ग दलका सदस्यहरूले सिनेमा हलमा दुवैलाई देखेपछि उनीहरूले युवकलाई घेरेर उसलाई कुटपिट गरे। घटनाको सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि युवकलाई जाँचबुझ गर्नको लागि हिरासतमा लियो। सिकायतकर्ताहरूले आरोप लगाएका छन्, सुजय बरभुइयाँले झुटो पहिचान बनाएर नाबालिकासित मित्रता गऱ्यो साथै शारीरिक सम्बन्ध पनि राख्यो। पुलिसले यी आरोपहरूको सत्यताको जाँच गरिरहेको छ।

यस घटनाको कारणले सिलचर शहरमा तनाउ फैलिएको छ। असममा पहिला पनि यस्ता धेरैवटा मामिलाहरूको खुलासा भइसकेको छ जसमा अन्तर धार्मिक सम्बन्धमा पहिचान लुकाएको आरोप लागेको छ। केही सङ्गठन तथा राजनीतिक दलहरूले यी घटनाहरूलाई ‘लभ जिहाद’-को संज्ञा दिएका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande