
सिलगढ़ी, 02 जुलाई (हि.स.)। शहरमा मैला फाल्दा भएको विवादले बिहीवार बिहान हिंसक रूप धारण गऱ्यो। सिलगढ़ीको वार्ड नम्बर पाँचस्थित सन्तोषी नगर क्षेत्रमा एकजना युवकमाथि चक्कुले प्रहार गरियो जसले गर्दा युवक गम्भीर रूपमा घाइते भयो। घाइते युवकको नाम कामेश्वर गिरी हो जसलाई सिलगढ़ी जिल्ला अस्पतालमा भर्ती गरिएको छ।
स्थानीय सूत्र अनुसार एकजना आवास (अपार्टमेन्ट)- का निवासी र क्षेत्रको एक परिवारमाझ पछिल्लो लामो समयदेखिकै मैला फाल्ने विषयमा विवाद हुँदै आइरहेको थियो। आरोप छ, आवासबाट मैला घरमाथि फालिरहेको थियो। बिहीवार बिहान यसै मुद्दालाई लिएर दुई पक्षबीच फेरि भनाबैरी शुरू भयो। यस अवधि कामेश्वर गिरी नामक युवकमाथि आवासमा बस्ने एकजना व्यक्ति र उसको छोराले हमला गरेको आरोप छ।
घटनापछि स्थानीय मानिसहरूले रगताम्मे अवस्थामा युवकलाई तुरून्तै सिलगढ़ी जिल्ला अस्पतालमा पुऱ्याए जहाँ उसको उपचार भइरहेको छ। सूचना पाएर खालपाड़ा पुलिस चौकीको टीमले घटनास्थलमा पुगेर जाँच शुरू गऱ्यो। पुलिसले घटनास्थलबाट एकजना व्यक्तिलाई हिरासतमा लिएर जाँचबुझ गरिरहेको छ।
घटनाको खबर पाउनसाथ वार्ड नम्बर-5 की पूर्व पार्षद अनिता महतो पनि घटनास्थलमा पुगिन्। उनले पीड़ित परिवारसित भेट गरी पुलिससित निष्पक्ष जाँच गर्ने माग गरेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा