फण्ड आए पनि केही काम नभएको आईजीजेएफको आरोप
फण्ड आए पनि केही काम नभएको आईजीजेएफको आरोप


सोनादा, 02 जुलाई (हि.स.)।मुण्डाकोठी क्षेत्रको लागि पनि प्राकृतिक आपदा प्रबन्धन विभागबाट धेरै फण्ड जारी भएको, तर केही काम नभएको इण्डियन गोर्खा जनशक्ति फ्रण्ट खरसाङ महकुमा समिति नारी शक्तिकी सभापति संगीता छेत्रीले आरोप लगाएकी छन्।

उनले आज एउटा भिडियो जारी गर्दै भनिन्, मुण्डाकोठी क्षेत्रको लागि प्राकृतिक आपदा प्रबन्धन विभागबाट धेरै फण्ड आएको हो। यस अन्तर्गत वालको कामको लागि टेण्डर पनि भएको हो, तर अहिलेसम्म काम भएको छैन।

उनले यस कामको लागि सम्बन्धित विभागको तर्फबाट निरीक्षण गरियोस् साथै कन्ट्याक्टरले पनि चाँडोभन्दा चाँडो काम शुरु गरोस् भनी जनताको पक्षमा निवेदन गरेकी छन्।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande