आरजी कर प्रकरणमा फोरेन्सिक रिपोर्ट पनि परिवर्तन गरेको आरोप, परिवारले अदालतको ढोका ढक्ढकायो
आरजी कर प्रकरणमा फोरेन्सिक रिपोर्ट पनि परिवर्तन गरेको आरोप, परिवारले अदालतको ढोका ढक्ढकायो


कोलकाता, 02 जुलाई (हि.स.)। आर.जी. कर मेडिकल कलेज एवं अस्पतालकी महिला चिकित्सकसित भएको दुष्कर्म अनि हत्या मामिलाको जाँचमा फेरि एक पटक प्रमाणहरूलाई चलाएको मुद्दा सार्वजनिक भएको छ। पीड़ितको परिवारले राज्य फोरेन्सिक विभागका तीन जना अधिकारीहरूमाथि गम्भीर आरोप लगाउँदै अदालतको ढोका ढक्ढकाएको छ।

सूत्र अनुसार राज्य फोरेन्सिक विभागका एकजना पूर्व अधिकारीले पीड़िताका पितालाई एउटा पत्र पठाएका छन् जसमा दाबी गरिएको छ, पीड़िताको विसरा नमूनालाई नष्ट गरिदिएको थियो र यस कारबाहीमा राज्य फोरेन्सिक विभागका तीन जना अधिकारीहरू सामेल थिए। पीड़िताको परिवारले अब यसै पत्रलाई महत्वपूर्ण प्रमाणको रूपमा अदालतमा प्रस्तुत गरी अग्रिम कानूनी कारबाही चाहन्छ।

स्मरम गराइन्छ, पीड़िताको परिवारले पहिला पनि सीबीआईको जाँचमाथि प्रश्न उठाइसकेको छ। ममिलाको सुनवाईमा अदालतले सीबीआईलाई एक विशेष जाँच दल गठन गरी नयाँ शिऱाबाट जाँच गर्ने निर्देश दिएको थियो। यद्यपि त्यस विशेष जाँच दलको प्रगतिमाथि पनि कलकत्ता उच्च न्यायालयले असन्तोष व्यक्त गरेको छ।

गत 25 जूनमा भएको सुनवाईमा उच्च न्यायालयले टिप्पणी गरेको थियो, 21 मईमा विशेष जाँच दल गठन गर्ने सम्बन्धमा दिइएको निर्देशलाई अपेक्षित रूपमा पालन गरिएन तथा जाँच निर्धारित दिशा तर्फ बढ़ेन।

अब फोरेन्सिक विभागका पूर्व अधिकारीको पत्र आएपछि मामिलाले नयाँ मोड़ लिएको छ। यदि पत्रमा गरिएको दाबी पुष्टि भयो भने जाँचको दिशा परिवर्तन हुनसक्ने मान्यता छ। तथापि पत्रमा लगाइएका आरोपहरूको स्वतन्त्र रूपमा आधिकारिक पुष्टि हाल भएको छैन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande