बाढ़ी प्रभावित जिल्लाहरूमा राहत कार्यमा जुट्यो भाजपा, कार्यकर्ताहरू सतर्क तथा सक्रिय रहुन्: दिलीप सैकिया
बाढ़ी प्रभावित जिल्लाहरूमा राहत कार्यमा जुट्यो भाजपा, कार्यकर्ताहरू सतर्क तथा सक्रिय रहुन्: दिलीप सैकिया


गुवाहाटी, 20 जुलाई (हि.स.)। असम प्रदेश भारतीय जनता पार्टी (भाजपा) -का अध्यक्ष एवं सांसद दिलीप सैकियाले राज्यका बाढ़ी प्रभावित क्षेत्रहरूमा पार्टी कार्यकर्ताहरूलाई पूर्ण सतर्क तथा सक्रिय भएर राहत अनि बचाउ कार्यमा जुट्ने आह्वान गरेका छन्। पार्टीले भन्यो, भाजपा कार्यकर्ताले नागरिक प्रशासनसित मिलेर प्रभावित मानिसहरूसम्म राहत पुऱ्याउने तथा बचाउ कार्यहरूमा सहयोग गरिरहेका छन्।

असम भाजपाका प्रवक्ता रञ्जीब कुमार शर्माले सोमवार जारी बयानमा भने, जोरहाट, शिवसागर औ चराईदेव जिल्लामे राज्य सरकारले युद्धस्तरमा राहत, बचाउ एवं पुनर्वास कार्य गरिरहेको छ। जाजी, दिखौ, दिसाङ्ग औ भोगदोई नदीका बाँधहरूको लगातार निगरानी गरिँदैछ। साथै यी बाँधहरूलाई मजबुत बनाउने कार्य भइरहेको छ जसमा भाजपा कार्यकर्ताहरूले पनि प्रशासनलाई सहयोग गरिरहेका छन्।

बयान अनुसार मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा स्वयंले बाढ़ीको स्थितिमाथि लगातार नजर राखिरहेका छन् भने सबै सम्बन्धित विभागहरूलाई राहत एवं बचाउ कार्यमा कुनै पनि प्रकारको ढिल्याई नगर्ने निर्देश दिएका छन्। एनडीआरएफ, एसडीआरएफ, जि ल्ला प्रशासन, असम पुलिस, अग्निशमन एवं आपातकालीन सेवा तथा अन्य एजेन्सीहरूले आपस्तमा समन्वय राखेर राहत कार्टमा जुटेका छन्।

भाजपाले बतायो, गए 19 जुलाईको राती मुख्यमन्त्रीले मन्त्री अञ्जना नेओग, बिमल बोरा, सुशान्त बरगोहाई र केशव महन्तलाई प्रभावित जिल्लाहरूमा पठाए जहाँ उनीहरूले राहत एवं पुनर्वास कार्यहरूको निगरानी गरिरहेका छन्।

पार्टी अनुसार दिलीप सैकिया संसदको मनसुन सत्रमा व्यस्त रहे पनि नयाँ दिल्लीबाटै लगातार मन्त्री तथा जिल्ला प्रशासनिक अधिकारीहरूको सम्पर्कमा छन्। अर्कोतिर शिवसागर जिल्लाको नाजिरा क्षेत्रका चान्ताक औ गरमुर सहित प्रभावित क्षेत्रहरूमा भारतीय जनता युवा मोर्चाका 100 भन्दा अधिक कार्यकर्ताहरूले चौबिसै घण्टा राहत शिविर चलाएर मानिसहरूलाई सहायता गरिरहेका छन्। यस अतिरिक्त जोरहाट र चराइदेव जिल्लामा पनि भाजपा कार्यकर्ताहरूले प्रशासनसित मिलेर राहत अनि बचाउ कार्यमा सक्रिय भूमिका निभाइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande