
नयाँ दिल्ली, 21 जुलाई (हि.स.)। आम आदमी पार्टी (आआपा)- का राष्ट्रिय संयोजक औ दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालले संसद मार्च अवधि पक्रा पर्ने तथा घाइते हुने विद्यार्थीहरूलाई सहयोग गर्नका लागि मङ्गलवार एउटा हेल्पलाइन नम्बर जारी गरे।
अरविन्द केजरीवालले आज पार्टी कार्यालयमा आयोजित पत्रकार वार्तामा प्रदर्शनमा विद्यार्खीहरूमाथि भएको पुलिस कारबाहीको कड़ा आलोचना गर्दै केन्द्र सरकारमाथि गम्भीर आरोप लगाए।
केजरीवालले आरोप लगाए, प्रदर्शन गरिरहेका विद्यार्थीहरूप्रति पुलिसले अत्यन्त नराम्रो व्यवहार गऱ्यो। विद्यार्थीहरूमाथि लट्ठीचार्ज गरियो, अश्रु ग्यासका गोलाहरू छोड़ियो तथा कतिपय विद्यार्थीहरूमाथि एफआईआर पनि दर्ता गरियो। उनले दाबी गरे, केही अभिभावकहरू आफ्ना छोरा-छोरीको बारेमा जानकारी नपाएर चिन्तित भएका छन्।
केजरीवाल अनुसार कानूनी तथा चिकित्सकीय सहायताको खाँचो रहेका विद्यार्थी तथा अभिभावकहरूले हेल्पलाइन नम्बर 85-888-33548 मा म्यासेज गर्न सक्नेछन्। उनले भने, आआपले आवश्यकतामा रहेका विद्यार्थीहरूलाई कानूनी सहायता उपलब्ध गराउनेछ अनि आवश्यकता परे वरिष्ठ वकिलहरूको मद्दत पनि दिलाउनेछ। साथै घाइते विद्यार्थीहरूको लागि मेडिकल सहायताको व्यवस्था समेत गरिनेछ।
केजरीवालले केन्द्र सरकारमाथि विद्यार्थीहरूलाई डर देखाएको-धम्क्याएको आरोप लगाउँदै भने, पेपर लीकलाई रोक्ने माग गरिरहेका विद्यार्थीहरूमाथि यस किसिमको कारवाही उचित होइन।
उनले यो पनि बताए, पत्रकार वार्तापछि उनी राम मनोहर लोहिया अस्पतालमा गएर घाइते विद्यार्थीहरूसित भेट गर्नेछन्। यस अतिरिक्त उनले सम्बन्धित पुलिस थानाा गएर प्रदर्शनसित सम्बन्धित मामिलामा दर्ता एफआईआर तथा हिरासतमा लिइएका विद्यार्थीहरूको सूची सार्वजनिक गर्ने मा गर्नेछन् ताकि परिवारलाई आफ्ना छोरा-छोरीको बारेमा जानकारी प्राप्त होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा